विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

हेटौंडा, असार १६ गते । हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले विद्यालय तहबाटै विद्यार्थीलाई व्यवसायिक तथा सीपमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएका छन् ।

हेटौंडा–४ नं. वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा सञ्चालित “विद्यार्थी उद्यमशीलता कार्यक्रम” को समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले पुस्तकिय ज्ञानसँगै व्यवहारिक तथा व्यवसायिक सीप आजको आवश्यकता भएको बताए ।

उनले केवल सैद्धान्तिक शिक्षाले मात्र प्रतिस्पर्धात्मक समयमा विद्यार्थी तथा समाजको आवश्यकता पूरा गर्न नसक्ने उल्लेख गर्दै दक्ष, स्वावलम्बी, स्वरोजगार र आत्मनिर्भर नागरिक उत्पादन गर्न विद्यालय तहबाटै सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिए । स्थानीय सरकार मातहत विद्यालय आइसकेकाले व्यवसायिक शिक्षा विस्तारमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमअन्तर्गत वडा नं. ४ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई कपाल काट्ने, ब्युटी पार्लर तथा इलेक्ट्रिकल सम्बन्धी तालिम प्रदान गरिएको थियो । प्रत्येक विधामा २५/२५ जनाका दरले कुल ७५ जना विद्यार्थी सहभागी भएका थिए ।

हप्ताको दुई दिन बिदाको समय सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिम प्रभावकारी र उपयोगी रहेको सहभागी विद्यार्थीहरूले बताएका छन् । उनीहरूले पढाइसँगै नियमित रूपमा यस्ता सीपमूलक तालिम सञ्चालन भए विद्यार्थीहरू व्यवसायिक बन्न सक्ने धारणा व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा श्रमिक माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं तथा भुटनदेवी माविका प्रधानाध्यापक सूर्य घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा कार्यक्रम संयोजकलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.