मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

हेटौंडा, साउन ५ गते । मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई अनिवार्य रूपमा EMIS (Education Management Information System) मार्फत स्थानान्तरण (Transfer) प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

क्याम्पसले प्रकाशित गरेको सूचनाअनुसार हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले आफूले एसईई उत्तीर्ण गरेको विद्यालयबाट मकवानपुर बहुमुखी क्याम्पसमा EMIS प्रणालीमार्फत स्थानान्तरण गराउनुपर्नेछ। यसका लागि विद्यार्थीहरूले आफूले कक्षा १० अध्ययन गरेको विद्यालयमा सम्पर्क गरी १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ।

क्याम्पसका अनुसार स्थानान्तरणका लागि मकवानपुर बहुमुखी क्याम्पसको EMIS कोड ३१०२०००९० प्रयोग गर्नुपर्नेछ। निर्धारित समयभित्र प्रक्रिया पूरा गरी शैक्षिक अभिलेख व्यवस्थित बनाउन क्याम्पसले सबै सम्बन्धित विद्यार्थीलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.