प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

हेटौंडा, साउन ५ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया प्रारम्भ भइसके पनि प्राविधिक समस्याका कारण अनलाइन फारम इन्ट्री सेवा केही समयका लागि स्थगित गरिएको जनाएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार राहदानी विभागबाट लागू गरिएको नयाँ प्रणाली हाल प्रारम्भिक चरणमा रहेकाले प्राविधिक कठिनाइ उत्पन्न भएको छ। सोही कारण अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनलाइन फारम इन्ट्री गर्ने कार्य अस्थायी रूपमा रोकिएको हो।

कार्यालयले सेवाग्राहीलाई यस अवधिमा वैकल्पिक व्यवस्था अपनाउन तथा अर्को सूचना जारी नभएसम्म धैर्य गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.