हेटौंडाको लेवटबाट ९०० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ

हेटौंडा, साउन ५ गते । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न करिब ३:०० बजे सवारीसाधन तथा व्यक्तिको नियमित चेकजाँच गर्ने क्रममा बा.७५ प ८२१७ नम्बरको मोटरसाइकललाई रोकेको थियो। मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी २२ वर्षीय रवि स्याङतान र पछाडि सवार राक्सिराङ गाउँपालिका–१ निवासी २४ वर्षीय सुजन स्याङतानमाथि शंका लागेपछि कानुनबमोजिम खानतलासी गरिएको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९०० मिलिग्राम बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.