२०८२ बैशाख २९, सोमबार १८:००
२०८२ बैशाख २९, सोमबार १८:००
काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको दुईवटा अस्पतालको रोक्का खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ। गत चैत १५ गते भएको तीनकुने घटनापछि फरार प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो । खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट डा.अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।