मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

मकवानपुर । मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । आजबाट सुरु गरिएको खोप अभियान भोलि आइतबार पनि चलाउने भएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुइदिने अभियानमा ३३ हजार ३ सय १० जना बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार ३ सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।जसका लागि जिल्लाभरीमा ४ सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।

मकवानपुरको १० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकाका १४ हजार ५ सय ८७ जना, थाहा नगरपालिकाका २ हजार ६ सय ८३, इन्द्रसरोवरमा ९ सय ४६, कैलाशमा १ हजार ४ सय ९८, राक्सिराङमा १ हजार ८ सय २५, मनहरीमा ३ हजार ५ सय ३९, भीमफेदीमा १ हजार ४ सय ७९, मकवानपुरगढीमा १ हजार ७ सय ६, बकैयामा २ हजार ९ सय ६ र बागमतीमा २ हजार १ सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको सुचना अधिकारी घिमिरेले जानकारी दिएका छन् । त्यस्तै हेटौंडा उपमहानगरपालिकाका १२ हजार ८ सय ७३ जना, थाहा नगरपालिकाका २ हजार ३ सय ६८, इन्द्रसरोवरमा ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।

कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधी र १४ हजार ५ सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका इन्द्रसरोवरमा ९ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधी खुवाइने भएको हो ।

सुचना अधिकारी घिमिरेका अनुसार हरेक वर्ष दुई चरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ । यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलो चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । साथै घर नजिकैको खोप केन्द्रमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.