मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

हेटौंडा। हेटौंडामा रक्तदान कार्यक्रम गरि बिश्व मजदुर दिवस मनाइएको छ। एकीकृत ट्रेडयुनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरका अध्यक्ष दिपक बस्नेतको सभाध्यक्षता र एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादीका केन्द्रिय इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रम मा १९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामा,नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य यादव गजुरेल,जिल्ला इन्चार्ज मुनु सिग्देल , जिल्ला अध्यक्ष बिष्णु दाहाल लगायत नेताहरूको उपस्थिति रहेको थियो।

यसैगरी ब्लड डोनर्स एशोसिएसन नेपाल मकवानपुर शाखाले पनि मजदुर दिवसको उपलक्ष्य मा हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा २६ जनाले रक्तदान गरेको ब्लड डोनर्स एशोसिएसन मकवानपुर शाखा अध्यक्ष कपिला जोशीले जानकारी दिइन् । अध्यक्ष जोशीको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा हेटौंडा उपमहानगर पालिका २ नम्बर वडाध्यक्ष बिष्णुगोपाल महर्जनको प्रमुख रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.