स्वास्थ्य

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

झापा। नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।आज विश्व रेडक्रस दिवस (मे ८) को अवसरमा सम्पन्न कार्यक्रमरक्त सञ्चार केन्द्र दमकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा ८४ जनाले रक्तदान गरेका मध्ये १७ महिला र ६७ पुरुष रहेको जनाइएको छ। रक्तदातामध्ये डिल्लीकुमार श्रेष्ठ (५६ वर्ष) सबैभन्दा वरिष्ठ र वरुन सुन्दास तथा अर्जुन पान्डे (१९ वर्ष) सबैभन्दा कान्छा रक्तदाता रहनुभएको थियो। गौरादह १ का गणेशमान सिंह अधिकारीले हालसम्म ५९ पटक रक्तदान गरी सबैभन्दा धेरै पटक रक्तदान गर्नेको रेकर्ड राख्नुभएको छ। कार्यक्रम रेडक्रस संस्थापक जा हेनरी ड्युनाको तस्वीरमा पुष्पगुच्छा अर्पण र रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरिएको कार्यक्रमको…
Read More
नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो । नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको उनका भाइ समीर नेपालले बताए । लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए । नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए । साथै उनि शिक्षामन्त्रीसमेत बनेका थिए । स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो ।
Read More
चुलचुलीमा संचालमा आयो अस्पताल तर बिरामीको संख्या न्युन

चुलचुलीमा संचालमा आयो अस्पताल तर बिरामीको संख्या न्युन

इलाम। चुलाचुली २ बाह्रगोठेमा संन्चालनमा आएको १५ शैयाको आधारभुत अस्पतालसम्म पुग्ने सडक पुर्वाधार राम्रो नहुदा अस्पतालसम्म पुग्ने बिरामीको संख्या न्युन छ । अस्पतालमा सेवा सुरु भए पनि सेवा लिनेको संख्यामा कमि छ । सडक पुर्वाधार र उच्चस्तरिय सेवाको अभावमा चुलाचुलीका नागरिकहरु दमककै अस्पताल जान बध्य छन ।
Read More
काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

काठमाडौँ । निःशुल्क दिने भनेर घोषणा गरिएको हेमोफिलिया रोगको औषधि काठमाडौँ आइपुगेको छ । हेमोफिलिया समस्या परेका नागरिकलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसारको औाषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।उनका भनाइ अनुसार ५ प्रकारका औषधि आएको र आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने भएको छ । जस अनुसार मन्त्रालयले संघीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ । यसका…
Read More
झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

झापा। झापा बाह्रदशी–५, फूलबारीस्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित औषधिहरू बिक्री भइरहेको अवस्थामा संचालक बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मेडिकल कचनकवल–१ स्थित स्वास्थ्य चौकीका इन्चार्ज अहेव बिक्रम राजवंशीको नाममा दर्ता रहेको भए पनि बिक्री पोखरेलले गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा ट्रामाडोल ७९५, एन्टीकोफ ४७० र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए! स्थानीय तहले पूर्वसूचना दिएर पनि अहेव राजवंशीले अटेर गर्दै औषधि बिक्री गरिरहेकाले यो कारबाही ढिला भए पनि आवश्यक रहेको जनाइएको छ। स्वास्थ्य चौकीकै जिम्मेवार कर्मचारीबाट प्रतिबन्धित औषधिको कारोबार हुनुले स्थानीय स्वास्थ्य प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। यस घटनाले सरकारी निगरानी प्रणालीको…
Read More
मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

हेटौंडा। हेटौंडामा रक्तदान कार्यक्रम गरि बिश्व मजदुर दिवस मनाइएको छ। एकीकृत ट्रेडयुनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरका अध्यक्ष दिपक बस्नेतको सभाध्यक्षता र एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादीका केन्द्रिय इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रम मा १९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामा,नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य यादव गजुरेल,जिल्ला इन्चार्ज मुनु सिग्देल , जिल्ला अध्यक्ष बिष्णु दाहाल लगायत नेताहरूको उपस्थिति रहेको थियो। यसैगरी ब्लड डोनर्स एशोसिएसन नेपाल मकवानपुर शाखाले पनि मजदुर दिवसको उपलक्ष्य मा हेटौंडाको बुद्ध चोकमा रक्तदान…
Read More
अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

मकवानपुर । हेटौंडा-१ चौकिटोलमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले आज हेटौंडा उपमहानगरपालिका, भूमी आयोग र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र बुझाएको हो । जिल्लाका आम नागरिकहरूको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने, सरकारबाट प्राप्त स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधाहरू सहज रूपमा आम जनतामा पुर्‍याउने उद्देश्यले स्थापित सामाजिक अभियान समितिले प्रेस विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रका लागि भनी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी छुट्याइएको सरकारी जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार जस्ता कार्यहरू भइरहेकाले उक्त आपत्तिजनक र गैरकानुनी कामलाई रोकि…
Read More
हेटौडामा पनि तातो मौसमको असर

हेटौडामा पनि तातो मौसमको असर

हेटौंडा। पछिल्लो तीन दिन यता गर्मी ह्वात्तै बढ्न थालेको छ। बागमती प्रदेशको राजधानी हेटौडामा पर्ने दिनप्रतिदिन गर्मीको महसुस हुन थालेको छ। गर्मीको उच्चतम तापक्रम देशैभरि बढ्न थालेको छ भने आगामी तीन दिनसम्म उच्चतम तापक्रम अझै बढ्न सक्ने सम्भावना रहेको छ। यो अवधिमा तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविद जानकारी दिएको छ। पानी पर्ने सम्भावना कम भएपछि तत्कालको लागि तातो हावा चल्ने लहर भन्ने देखिएको बताएको छ। मौसमविदका अनुसार "आगामी तीन दिन अझै नयाँ मौसमी प्रणाली वायुमण्डलमा नदेखिएको र पश्चिमी वायु तथा स्थानीय बायुको पनि आंशिक प्रभाव मात्र रहेको कारण यो अवधिमा अझै तापक्रम वृद्धि हुने देखिन्छ।" हिजो (मङ्गलबार) लुम्बिनी,सुदूरपश्चिम प्रदेशका…
Read More
मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

मकवानपुर । मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । आजबाट सुरु गरिएको खोप अभियान भोलि आइतबार पनि चलाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुइदिने अभियानमा ३३ हजार ३ सय १० जना बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार ३ सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।जसका लागि जिल्लाभरीमा ४ सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी…
Read More
हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

मकवानपुर । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले आन्दोलनमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिएको छ । समितिका संयोजक विशालराज महतको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरि धन्यवाद ज्ञापन गरेको हो । अभियन्तालाई गिरफ्तार गरि थुनामा राख्दा रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रनुहुने र हेटौंडा अस्पतालको विषयमा प्रशासन समक्ष जायज माग र कारबाहीको क्रममा विभिन्न पक्षबाट लागि पर्नुहुने विभिन्न राजनैतिक दलका शिर्षस्थ नेतृत्वहरु, समाजलाई निष्पक्ष ढंगले सुसुचित गर्ने पत्रकार मित्रहरु, सामाजिक अभियन्ता, अग्रज बुवा, आमा, दिदीबहिनी तथा दाजुभाइ, साथिहरु, बुद्धिजीवी महानुभावहरु, विभिन्न पार्टीका सांसद, सामाजिक अभियन्ताहरु, शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र लागिपर्ने प्रहरी प्रसाशन लगायत सम्पुर्ण नागरिकलाई विज्ञप्ति मार्फत हार्दिक आभार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.