व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

उर्लाबारी। उर्लाबारी–३ मा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण थपिँदै सेवा विस्तारको प्रयास भइरहे पनि व्यवस्थापन पक्ष कमजोर रहँदा सेवाग्राहीहरू समस्यामा परिरहेका छन्।

डाक्टरको अभाव, सेवा प्रवाहमा ढिलाइ र व्यवस्थापनको असहजताले गर्दा सस्तो र प्रभावकारी उपचारको आशामा अस्पताल पुगेका बिरामीहरू निराश हुँदै फर्किन बाध्य छन्। सेवाग्राही राजेन्द्र आचार्यले भने, “एक महिनाको थेरापी गर्नुपर्ने समस्यासहित गएका थियौं। तर दिनहुँ दर्ता प्रक्रियामै अल्झाइयो। एउटै दिनमा प्याकेज बिल काटिदिएको भए समय र खर्च दुवै जोगिन्थ्यो।”

उनले थपे, “चेकजाँचका लागि तीन दिन कुर्नुपर्‍यो। ट्रमा सेन्टर भनिए पनि व्यवहारमा सेवा नपाउँदा यो नाम मात्रैको ट्रमा सेन्टर बनेको देखिन्छ।” अन्य सेवाग्राहीहरूले काउन्टरमा कर्मचारी थप गर्न, ओपीडी ४ नम्बर कोठामा डाक्टर वृद्धि गर्न र समग्र व्यवस्थापन प्रणाली सुधार गर्न माग गरेका छन्।

अस्पतालका प्रमुख रबि साहले जनशक्ति अभाव, बढ्दो बिरामीको चाप र आन्तरिक व्यवस्थापन सुधारका लागि प्रयास जारी रहेको जानकारी दिए। तर स्थानीय बासिन्दा र सरोकारवाला निकायले सुधारको गति सुस्त भएको भन्दै असन्तुष्टि जनाएका छन्। यदि चाँडै सुधार नभए, सरकारी लगानीमा निर्माण भएको यो अत्याधुनिक ट्रमा सेन्टर जनताको विश्वास गुमाउने जोखिममा पर्ने देखिन्छ।

अबको प्राथमिकता: व्यवस्थापन सुदृढीकरण र जनशक्ति विस्तार नभएसम्म अस्पतालको सेवा प्रणाली संकटमै रहनेछ। अतः सेवाग्राहीलाई सन्तुष्ट पार्न अस्पताल प्रशासन र समिति तत्काल सक्रिय हुन जरुरी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.