कृष्ण मावि भैँसेमा स्व. तुल्सी थापाको शालिक अनावरण, स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

मकवानपुर, भदौ ७ गते । मकवानपुरका शैक्षिक तथा साहित्यिक अग्रज व्यक्तित्व स्वर्गीय तुल्सी थापाको शालिक भीमफेदी गाउँपालिका–स्थित कृष्ण माध्यमिक विद्यालय, भैँसेको परिसरमा अनावरण गरिएको छ।

स्वर्गीय थापाको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले शालिक अनावरणसँगै उनको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगितासमेत भव्य रूपमा आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न स्थानबाट सहभागी कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

शिक्षा तथा साहित्यको क्षेत्रमा स्वर्गीय तुल्सी थापाले पुर्‍याएको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताका कवि तथा साहित्यकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले अग्रज साहित्यिक व्यक्तित्वको योगदानलाई नयाँ पुस्तामाझ पुर्‍याउनुका साथै नेपाली साहित्य र सिर्जनाको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.