Day: २०८३ भाद्र ७, आईतवार २२:०९

प्रज्ञा प्रतिष्ठान गठनबारे एमाले जनप्रतिनिधिको स्पष्टोक्ति : ‘हामीलाई कुनै जानकारी छैन’

प्रज्ञा प्रतिष्ठान गठनबारे एमाले जनप्रतिनिधिको स्पष्टोक्ति : ‘हामीलाई कुनै जानकारी छैन’

हेटौंडा, भदौ ७ गते । हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन नभएको विषयमा विभिन्न माध्यमबाट प्रश्न उठिरहेका बेला हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट स्पष्ट पार्दै प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी नियुक्तिको विषय उपमहानगरपालिकाको कार्यपालिका बैठकको कार्यसूचीमा आफूहरूले कहिल्यै नदेखेको बताएका छन्। उनका अनुसार प्रज्ञा प्रतिष्ठानसम्बन्धी कार्यविधि पारित भए पनि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई प्रतिष्ठान गठन गर्ने वा नगर्ने विषयमा कुनै जानकारी दिइएको छैन। यस विषयमा पार्टी तथा आफूहरूलाई समेत कुनै जानकारी नरहेको सिग्देलको दाबी छ। ‘प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी नियुक्तिको विषय कार्यपालिकाको बैठकको कार्यसूचीमा कहिल्यै पनि…
Read More
कृष्ण मावि भैँसेमा स्व. तुल्सी थापाको शालिक अनावरण, स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

कृष्ण मावि भैँसेमा स्व. तुल्सी थापाको शालिक अनावरण, स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

मकवानपुर, भदौ ७ गते । मकवानपुरका शैक्षिक तथा साहित्यिक अग्रज व्यक्तित्व स्वर्गीय तुल्सी थापाको शालिक भीमफेदी गाउँपालिका–स्थित कृष्ण माध्यमिक विद्यालय, भैँसेको परिसरमा अनावरण गरिएको छ। स्वर्गीय थापाको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले शालिक अनावरणसँगै उनको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगितासमेत भव्य रूपमा आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न स्थानबाट सहभागी कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। शिक्षा तथा साहित्यको क्षेत्रमा स्वर्गीय तुल्सी थापाले पुर्‍याएको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताका कवि तथा साहित्यकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ। कार्यक्रमले अग्रज साहित्यिक व्यक्तित्वको योगदानलाई नयाँ पुस्तामाझ पुर्‍याउनुका साथै नेपाली साहित्य र सिर्जनाको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास…
Read More
‘सुरक्षित हेटौँडा’ आजको प्रमुख सरोकार : वडाध्यक्ष सिग्देल

‘सुरक्षित हेटौँडा’ आजको प्रमुख सरोकार : वडाध्यक्ष सिग्देल

हेटौँडा, भदौ ७ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्ला समय हेटौँडा क्षेत्रमा बढ्दै गएका हत्या, हिंसा, लागूऔषध प्रयोग, सवारी दुर्घटना तथा टोल–टोलमा हुने गुण्डागर्दीप्रति चिन्ता व्यक्त गरेका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै मानवीय हत्या, हिंसा, लागूऔषधको प्रयोग, सवारी तथा अन्य दुर्घटना र गुण्डागर्दीका कारण समाजमा असुरक्षा बढ्दै गएको बताएका हुन्। उनले पछिल्ला घटनाहरूले हेटौँडा सहरमा सुरक्षा चुनौती बढ्दै गएको तथ्य देखाएको उल्लेख गरेका छन्। उनले लागूऔषधको प्रयोगले व्यक्ति मात्र नभई परिवार र समग्र समाजमा पार्ने नकारात्मक प्रभाव भयावह बन्दै गएको बताएका छन्। मानिस नै मानिसबाट प्रताडित हुने अवस्था अन्त्य गर्न सबै पक्ष गम्भीर…
Read More
कांग्रेस बागमतीद्वारा मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावविरुद्ध मतदान गर्न ह्विप जारी

कांग्रेस बागमतीद्वारा मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावविरुद्ध मतदान गर्न ह्विप जारी

हेटौंडा, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभामा पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल भदौ ८ गते सोमबार दिउँसो १ बजेबाट सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १३८ को उपधारा ४ तथा बागमती प्रदेश सभा नियमावली, २०४७ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उक्त बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.