गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

झापा। नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।आज विश्व रेडक्रस दिवस (मे ८) को अवसरमा सम्पन्न कार्यक्रमरक्त सञ्चार केन्द्र दमकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा ८४ जनाले रक्तदान गरेका मध्ये १७ महिला र ६७ पुरुष रहेको जनाइएको छ। रक्तदातामध्ये डिल्लीकुमार श्रेष्ठ (५६ वर्ष) सबैभन्दा वरिष्ठ र वरुन सुन्दास तथा अर्जुन पान्डे (१९ वर्ष) सबैभन्दा कान्छा रक्तदाता रहनुभएको थियो। गौरादह १ का गणेशमान सिंह अधिकारीले हालसम्म ५९ पटक रक्तदान गरी सबैभन्दा धेरै पटक रक्तदान गर्नेको रेकर्ड राख्नुभएको छ।

कार्यक्रम रेडक्रस संस्थापक जा हेनरी ड्युनाको तस्वीरमा पुष्पगुच्छा अर्पण र रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरिएको कार्यक्रमको सभापतित्व उपशाखाका सभापति सन्जिव बहादुर कार्कीले गरेका थिए भने प्रमुख अतिथि झापा जिल्ला शाखाका उपसभापति मित्रदेव काफ्ले रहेका थिए।

कार्यक्रममा सहभागी सबै रक्तदाताहरूलाई प्रमाणपत्रसहित धन्यवाद दिइएको नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखाका सचिव प्रकाश भट्टराईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.