बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

बाग्लुङ। बागलुङ जिल्लाका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ। यसमा बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिकाका साथै ताराखोला गाउँपालिका रहेका छन्।

यी पालिकाहरूले जन्मेदेखि १५ महिना र १६ देखि २४ महिना उमेर समूहका बालबालिकाहरूलाई नियमित खोप लगाएर यो सुनिश्चितता हासिल गरेका हुन्। बागलुङ नगरपालिकामा १,११२ बालबालिका, गलकोटमा ७५४, ढोरपाटनमा १,०६२, जैमिनीमा ५३९ र ताराखोलामा १९३ बालबालिकाले पूर्ण खोप पाएका छन्।

जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइएको छ। निसिखोला, तमानखोला, काठेखोला, बडिगाड र बरेङ गाउँपालिका भने पूर्णखोप घोषणा हुन बाँकी छन्।

यी पाँच पालिकाले पनि पूर्ण खोपको सुनिश्चितता गरेपछि यही जेठ २५ गतेसम्ममा बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.