Day: २०८२ जेष्ठ ८, बिहीबार २१:२५

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

ईलाम। मोरङको बेलबारीबाट प्रकाशित बेतना दैनिकका प्रधान सम्पादक नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान गरिएको छ । बुधबार ईलामको सुर्योदय नगरपालिकास्थित अन्तुमा आयोजित चलचित्र पत्रकार संघको २६ औँ बार्षिकोत्सबका अबसरमा बस्नेतलाई सो सम्मान प्रदान गरिएको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी,बरिष्ठ नायक नायिका बसुन्धरा भुसाल,शिव श्रेष्ठ,गौरी मल्ल,मोहन निरौला लगायतले बस्नेतलाई सो सम्मान प्रदान गरेका हुन । दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतलाई पत्रकारिता क्षेत्र मार्फत पुर्याएको योगदानको कदर सो सो सम्मान प्रदान गरिएको हो।
Read More
उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

मोरङ। उर्लाबारी नगरपालिका वडा नं ३ स्थित त्रिवेणी चोक आसपास क्षेत्रमा अब्यवस्थित रूपमा राखिएका केवल तथा इन्टरनेटका तारलाई व्यवस्थित गर्न नगरपालिकाले ७ दिनको अल्टिमेटम दिएको छ। बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाले ती तारले नगरको सौन्दर्यमा नकारात्मक असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको उल्लेख गरेको छ। नगरपालिकाले त्रिवेणी चोक क्षेत्र वरपर अनियन्त्रित रूपमा टाँगिएका इन्टरनेट तथा केवलका तारले सडक तथा सार्वजनिक स्थानहरू कुरुप देखिनुका साथै पैदल यात्री तथा सवारी साधन चलाउनेहरूका लागि खतरा उत्पन्न गरेको जनाएको छ। साथै सूचनामा तोकिएको समयसीमा भित्र तारहरू व्यवस्थित नगरेमा नगरपालिका स्वयंले हटाउने चेतावनी दिइएको छ र त्यसबाट हुने खर्च सम्बन्धित कम्पनीबाट असुल उपर गरिने…
Read More
भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

नयाँ दिल्ली। बुधबार साँझ भारतका विभिन्न क्षेत्रमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, आँधीका कारण उत्तर प्रदेशमा कम्तीमा १४ जनाको ज्यान गएको छ। भारतीय मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि सतर्कता (अलर्ट) जारी गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जालमा सम्बन्धित अधिकारीहरूलाई तत्काल राहत कार्य सम्पन्न गर्न निर्देशन दिएको छ। बुधबारको आँधीबाट उत्तर प्रदेशका साथै राजधानी दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन्। दिल्लीमा धेरै रुखहरू ढलेर सवारी साधनमा क्षति पुगेको थियो। यसबाट विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भई मेट्रो सेवामा समेत असर परेको थियो।
Read More
अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

काठमाडौं। अभिनेत्री सुहाना थापाले अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरेकी छिन्। उनी हालै सोही विश्वविद्यालयमा दीक्षित भएकी हुन्। छोरी मनोविज्ञ बनेकोमा सुहानाका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले खुसी व्यक्त गरेका छन्। उनले यस क्षणलाई आफ्नो जीवनको अविस्मरणीय बताएका छन्। थापाले शिक्षा र संस्कारलाई सन्तानका लागि अमूल्य सम्पत्ति भएको भन्दै छोरीको समर्पण र मेहनतको प्रशंसा गरेका छन्। सुहानाको दीक्षान्त समारोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक झरना थापा पनि न्यूयोर्कमा छिन्। आमा-छोरी शुक्रबार नेपाल फर्कँदैछन्। नेपाल फर्केपछि उनीहरू होमप्रोडक्सन फिल्म ‘ए मेरो हजुर ५’ को तयारीमा जुट्नेछन्। भदौदेखि छायांकन सुरु हुने यस…
Read More
बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

बाग्लुङ। बागलुङ जिल्लाका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ। यसमा बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिकाका साथै ताराखोला गाउँपालिका रहेका छन्। यी पालिकाहरूले जन्मेदेखि १५ महिना र १६ देखि २४ महिना उमेर समूहका बालबालिकाहरूलाई नियमित खोप लगाएर यो सुनिश्चितता हासिल गरेका हुन्। बागलुङ नगरपालिकामा १,११२ बालबालिका, गलकोटमा ७५४, ढोरपाटनमा १,०६२, जैमिनीमा ५३९ र ताराखोलामा १९३ बालबालिकाले पूर्ण खोप पाएका छन्। जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइएको छ। निसिखोला, तमानखोला, काठेखोला, बडिगाड र बरेङ गाउँपालिका भने पूर्णखोप घोषणा हुन बाँकी छन्। यी पाँच पालिकाले पनि पूर्ण खोपको सुनिश्चितता गरेपछि यही जेठ २५ गतेसम्ममा…
Read More
चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

चितवन। चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा आज बिहान ६:५० बजे दुई ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ९८९७ नम्बरको ट्रक पृथ्वी राजमार्गमा ठोक्किएका हुन्। घाइतेहरूको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
Read More
हेटौँडामा पहिलो पटक १ लाख पुरस्कार राशिको ‘फ्रि फायर’ ई-स्पोर्ट्स प्रतियोगिता आजदेखि सुरु

हेटौँडामा पहिलो पटक १ लाख पुरस्कार राशिको ‘फ्रि फायर’ ई-स्पोर्ट्स प्रतियोगिता आजदेखि सुरु

हेटौडा। हेटौँडामा पहिलो पटक ई-स्पोर्ट्स अन्तर्गतको 'फ्रि फायर' प्रतियोगिता आजदेखि सुरु भएको छ। हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजनामा आज (बिहीबार) देखि यो प्रतियोगिता सुरु भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा एक हजारभन्दा बढी सहभागी निश्चित भइसकेको जानकारी दिएको छ। प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईका अनुसार, प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत सञ्चालन गरिनेछन्। क्वार्टरफाइनल चरणदेखिका खेलहरू भने हेटौँडा-१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा भौतिक उपस्थितिमा खेलाइनेछन्। जेठ १७ गते फाइनल हुने यो प्रतियोगितामा कुल १ लाख रुपैयाँको पुरस्कार राशि तोकिएको छ। यो प्रतियोगिताले हेटौँडामा ई-स्पोर्ट्सको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।
Read More
मेची भन्सारबाट चिया निर्यातमा उल्लेख्य वृद्धि, अलैँची निर्यातमा भने गिरावट

मेची भन्सारबाट चिया निर्यातमा उल्लेख्य वृद्धि, अलैँची निर्यातमा भने गिरावट

झापा। चालु आर्थिक वर्षको १० महिना (साउन-वैशाख) मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा ३ अर्ब ६८ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए। गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड १० लाख १४ हजार रुपैयाँको चिया निर्यात भएको थियो। यद्यपि, सोही अवधिमा अलैँची निर्यातमा भने ३.६० प्रतिशतले कमी आएको छ। चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ६६ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा…
Read More
प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

काठमाडौँ। भक्तपुर प्रहरीले ठगी र चोरीमा संलग्न दुई छुट्टाछुट्टै गिरोहका आठ जनालाई एकैदिन पक्राउ गरेको छ। 'प्रहरी इन्सपेक्टर हुँ' भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्ति र विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने सात जनाको गिरोहलाई बुधबार पक्राउ गरिएको हो। भोजपुर, साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरेको छ। गिरीले आफूलाई प्रहरी इन्सपेक्टर भन्दै ठगी गर्दै हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको छ। मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्दै आएका सात जनाको…
Read More
बढ्दो व्यापार घाटा: १० महिनामा साढे १२ खर्ब नाघ्यो

बढ्दो व्यापार घाटा: १० महिनामा साढे १२ खर्ब नाघ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिना (साउन-वैशाख) मा नेपालको कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने निर्यात ७२.७७ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको भएको छ। यस अवधिमा कुल व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत र निर्यातको हिस्सा १२.८८ प्रतिशत रहेको छ। यो तथ्यांकले देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको देखाउँछ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.