बढ्दो व्यापार घाटा: १० महिनामा साढे १२ खर्ब नाघ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिना (साउन-वैशाख) मा नेपालको कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने निर्यात ७२.७७ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको भएको छ।
यस अवधिमा कुल व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत र निर्यातको हिस्सा १२.८८ प्रतिशत रहेको छ।

यो तथ्यांकले देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको देखाउँछ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँको घाटाभन्दा बढी हो। अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको आयात र १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको निर्यात भएको थियो, जसअनुसार कुल व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको थियो।

प्रमुख आयातित वस्तुहरू

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ, जसको मूल्य २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। त्यसपछि फलाम तथा फलामजन्य वस्तु १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ र पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ। अन्य प्रमुख आयातित वस्तुहरूमा बोइलर मेसिन, सवारीसाधन तथा पार्टपुर्जा, प्लास्टिक तथा प्लास्टिकजन्य सामग्री, मोती, कपडा, फार्मास्यूटिकल उत्पादन, तरकारी, बहुमूल्य पत्थर, तेलजन्य बीउ, रासायनिक मल, फलफूल र खाद्यान्न रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.