मेची भन्सारबाट चिया निर्यातमा उल्लेख्य वृद्धि, अलैँची निर्यातमा भने गिरावट

झापा। चालु आर्थिक वर्षको १० महिना (साउन-वैशाख) मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा ३ अर्ब ६८ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए। गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड १० लाख १४ हजार रुपैयाँको चिया निर्यात भएको थियो।

यद्यपि, सोही अवधिमा अलैँची निर्यातमा भने ३.६० प्रतिशतले कमी आएको छ। चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ६६ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा ६ अर्ब ९० करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.