अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

काठमाडौं। अभिनेत्री सुहाना थापाले अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरेकी छिन्। उनी हालै सोही विश्वविद्यालयमा दीक्षित भएकी हुन्।

छोरी मनोविज्ञ बनेकोमा सुहानाका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले खुसी व्यक्त गरेका छन्। उनले यस क्षणलाई आफ्नो जीवनको अविस्मरणीय बताएका छन्। थापाले शिक्षा र संस्कारलाई सन्तानका लागि अमूल्य सम्पत्ति भएको भन्दै छोरीको समर्पण र मेहनतको प्रशंसा गरेका छन्।

सुहानाको दीक्षान्त समारोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक झरना थापा पनि न्यूयोर्कमा छिन्। आमा-छोरी शुक्रबार नेपाल फर्कँदैछन्।

नेपाल फर्केपछि उनीहरू होमप्रोडक्सन फिल्म ‘ए मेरो हजुर ५’ को तयारीमा जुट्नेछन्। भदौदेखि छायांकन सुरु हुने यस फिल्ममा सुहाना मुख्य अभिनेत्रीको भूमिकामा देखिनेछिन्। निर्माता थापाका अनुसार यो फिल्ममा नयाँ अभिनेतालाई मुख्य भूमिकामा डेब्यु गराउने तयारी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.