हेटौँडामा पहिलो पटक १ लाख पुरस्कार राशिको ‘फ्रि फायर’ ई-स्पोर्ट्स प्रतियोगिता आजदेखि सुरु

हेटौडा। हेटौँडामा पहिलो पटक ई-स्पोर्ट्स अन्तर्गतको ‘फ्रि फायर’ प्रतियोगिता आजदेखि सुरु भएको छ। हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजनामा आज (बिहीबार) देखि यो प्रतियोगिता सुरु भएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा एक हजारभन्दा बढी सहभागी निश्चित भइसकेको जानकारी दिएको छ। प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईका अनुसार, प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत सञ्चालन गरिनेछन्। क्वार्टरफाइनल चरणदेखिका खेलहरू भने हेटौँडा-१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा भौतिक उपस्थितिमा खेलाइनेछन्।

जेठ १७ गते फाइनल हुने यो प्रतियोगितामा कुल १ लाख रुपैयाँको पुरस्कार राशि तोकिएको छ। यो प्रतियोगिताले हेटौँडामा ई-स्पोर्ट्सको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.