प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

काठमाडौँ। भक्तपुर प्रहरीले ठगी र चोरीमा संलग्न दुई छुट्टाछुट्टै गिरोहका आठ जनालाई एकैदिन पक्राउ गरेको छ। ‘प्रहरी इन्सपेक्टर हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्ति र विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने सात जनाको गिरोहलाई बुधबार पक्राउ गरिएको हो।

भोजपुर, साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरेको छ। गिरीले आफूलाई प्रहरी इन्सपेक्टर भन्दै ठगी गर्दै हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको छ।

मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्दै आएका सात जनाको गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा, गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर, गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक, गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी, काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की, पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट, नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर, मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन्।

प्रहरी नायब उपरीक्षक नेउपानेका अनुसार पक्राउ परेकाहरूले मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ र बा७७प ३३५९ नम्बरका स्कुटरहरू चोरी गरेका थिए। प्रहरीले उनीहरूलाई चोरीका स्कुटरसहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

प्रहरीको सफल अपरेशन: इन्सपेक्टर ठगी र स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.