काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

काठमाडौँ । निःशुल्क दिने भनेर घोषणा गरिएको हेमोफिलिया रोगको औषधि काठमाडौँ आइपुगेको छ ।

हेमोफिलिया समस्या परेका नागरिकलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसारको औाषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।उनका भनाइ अनुसार ५ प्रकारका औषधि आएको र आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने भएको छ ।

जस अनुसार मन्त्रालयले संघीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ । यसका साथै सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

निकै महँगो औषधि अवश्यक पर्ने होमोफिलिया रोगको उपचारका लागि धेरै विरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया शुरु भएको हो ।

अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधि मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार विरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

काठमाडौँ आइपुग्यो हेमोफिलिया रोगको औषधि, निशुल्क वितरण गर्ने सरकारको तयारी

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.