काठमाडौं, असोज २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेशहरू जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा वन तथा भूमिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशहरू २०८३ साल असोज २७ गते जारी गरिएको उल्लेख छ।
जारी गरिएका अध्यादेशमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।
राष्ट्रपति कार्यालयले असोज २७ गते मंगलबार जारी गरेको विज्ञप्तिमार्फत दुवै अध्यादेश जारी भएको जानकारी दिएको हो।

प्रतिकृया दिनुहोस्
Views: 59

















