Day: २०८३ आश्विन २७, मंगलवार २३:४३

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं, असोज २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेशहरू जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा वन तथा भूमिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशहरू २०८३ साल असोज २७ गते जारी गरिएको उल्लेख छ। जारी गरिएका अध्यादेशमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्। राष्ट्रपति कार्यालयले असोज २७ गते मंगलबार जारी गरेको विज्ञप्तिमार्फत दुवै अध्यादेश…
Read More
मनहरीमा तेस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख ११ हजार रुपैयाँभन्दा बढी पुरस्कार

मनहरीमा तेस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख ११ हजार रुपैयाँभन्दा बढी पुरस्कार

मनहरी, असोज २७ गते ।  मकवानपुरको मनहरी गाउँपालिका–२, दोभानमा तेस्रो वडाध्यक्ष भिमान स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मनहरी गाउँपालिका–२ वडा कार्यालय र मनहरी गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा आगामी कार्तिक १४ गतेदेखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिता मनहरी गाउँपालिका–२, दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। १० वर्षे महान् जनयुद्धका क्रममा भिमानमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। वि.सं. २०८१ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगितालाई यस वर्ष थप विस्तार गरिने आयोजकले जनाएको छ।…
Read More
खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाको ध्यानाकर्षण, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाको ध्यानाकर्षण, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाडौं, असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपहरू समेटिएको उल्लेख गर्दै ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ। विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.