झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

झापा। झापा बाह्रदशी–५, फूलबारीस्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित औषधिहरू बिक्री भइरहेको अवस्थामा संचालक बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मेडिकल कचनकवल–१ स्थित स्वास्थ्य चौकीका इन्चार्ज अहेव बिक्रम राजवंशीको नाममा दर्ता रहेको भए पनि बिक्री पोखरेलले गर्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा ट्रामाडोल ७९५, एन्टीकोफ ४७० र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए! स्थानीय तहले पूर्वसूचना दिएर पनि अहेव राजवंशीले अटेर गर्दै औषधि बिक्री गरिरहेकाले यो कारबाही ढिला भए पनि आवश्यक रहेको जनाइएको छ।

स्वास्थ्य चौकीकै जिम्मेवार कर्मचारीबाट प्रतिबन्धित औषधिको कारोबार हुनुले स्थानीय स्वास्थ्य प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। यस घटनाले सरकारी निगरानी प्रणालीको कमजोरी र औषधि नियमनमा रहेको खुकुलोपनसमेत उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.