नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बिनाकारण हिरासतमा राखिएका अभियन्ताहरुलाई यथाशीघ्र रिहाइ गर्न माग गरेको छ । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारी अस्पतालमाथी गरेको हस्तक्षेपका विरुद्धमा मिति २०८१/१२/३१ गते प्रतिष्ठानको बोर्ड भएको ठाउँमा हेटौँडा अस्पतालको बोर्ड राखिएको थियो । प्रतिष्ठानको दबावमा सिडियो र प्रहरी एसपिले उक्त बोर्ड राख्ने कार्यमा संलग्न अभियन्ताहरुलाई मिति २०८२/०१/४ गते छलफल र बार्ता गर्ने बहानामा जिल्ला प्रहरी कार्यलयमा बोलाएर ५ दिनको म्याद थप गरि हिरासतमै राखिएको थियो । जसमा हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक विशालराज महत, सुनिल गिरि, सफल अधिकारी, राजकुमार घिमिरे, समुन्द्र दाहाल र अस्मित अधिकारी रहेका छन् ।

सार्वजनिक सम्पत्ति संरक्षणमा लागेका अभियन्ताहरुलाई सम्मान गर्नुपर्ने ठाउँमा कुनै निश्चित व्यक्ति, संस्था वा पार्टीको दबाबमा परि अभद्र व्यवहारको मुद्दा लगाइ नियन्त्रणमा लिई हिरासतमा राख्नु निन्दनीय भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । छलफलका लागि भन्ने बहानामा थानामा बोलाई पाखण्डिपना तरिकाले नियन्त्रण गरि हिरासतमा राखिएका अभियानका संयोजक विशालराज महत सहित ६ जना अभियन्ताहरुलाई यथाशिघ्र रिहाइ गर्न प्रेस विज्ञप्ति मार्फत माग गरेको छ ।

अभियान समितिको हेटौंडा अस्पताल बचाउ आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नागरिकको आवाजलाई साथ दिने जस्तो सुकै कठिन यात्राको आन्दोलनमा पनि नेकपाको सहभागिता रहने प्रतिबद्धता विज्ञप्ति मार्फत गरेको छ । साथै विज्ञप्ति मार्फत हिरासतमा राखिएका अभियन्ताहरुको रिहाइ गर्न माग गर्दै मिति २०८२/०१/४ गते बेलुका ६ बजे देखि ७ बजे सम्मको १ घन्टे चक्काजाम सहितको विरोध प्रदर्शनमा उपस्थित नेकपा सहित सक्रिय राजनीतिक दलहरु नेकपा एकीकृत समाजवादी, रास्वपा, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आम सचेत नागरिकहरुप्रती हार्दिक आभार र धन्यवाद प्रकट गरेको छ ।

प्रेस विज्ञप्ति :त्यस्तै मिति २०८२/०१/५ गते, विहान १०:३० बजे मानसचोकमा जम्मा भइ जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने कार्यक्रममा नेकपाको सहभागी र साथ रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्ति मार्फत उक्त कार्यक्रममा सहभागी भइ हेटौंडा अस्पताल बचाउ आन्दोलनको समर्थन गर्नुहुन सम्पूर्ण हेटौंडा बासी नागरिक र राजनीतिकदलहरु प्रति विनम्र अनुरोध गरेको छ ।

प्रेस विज्ञप्ति :-

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.