मनहरी, अशोज ३ गते । मनहरी-२, दोभान-गोगनघारी सडक खण्डमा आज तेश्रो दिन पनि बाटो सरसफाइ कार्य भएको छ । म्हेन्दो टोल विकास संस्था अन्तर्गत पर्ने यस सडक खण्डमा भदौ ३१ गते देखी सरसफाइ अभियान सन्चालन गरेको थियो ।

अभियानको तेश्रो दिन आज मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रीनको पनि उपस्थिति रहेको छ । अभियानमा सक्रियताका साथ लागि पर्ने म्हेन्दो टोल विकास संस्थाका जिम्मेवार व्यक्तित्व र आम टोल बासिलाई धन्यवाद दिएका छन् । साथै उनले निरन्तर सरसफाइ अभियानमा लागिरहेका अभियन्तालाई खाजा नास्ताको समेत व्यवस्थापन गरेका छन् । त्यस्तै त्यस बाटोमा हिँड्डुल गर्ने केही बाइक तथा अटो चालकले पनि खाजाका लागि सहयोग गरेका छन् ।

शुक्रबार भएको सरसफाइ अभियानमा म्हेन्दो टोल विकास संस्थाका पदाधिकारीहरु बलिराज गोङ्बा, फूलमाया थोकर, बिष्णु कुमारी जिम्बा, निरु लामा लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस्तै आफ्नो गाउँ आफै बनाऔं भन्ने मर्मका साथ सबै टोल बासीको सक्रिय रुपमा उपस्थिति रहेका थिए ।
सरसफाइ जुटेका मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचीव तथा अभियन्ता सुर्य बहादुर गोलेले उपस्थित सबैलाई धन्यवाद दिएका छन् । साथै सरसफाइमा खटिरहेका अभियान टोलिलाई खाजाका लागि सहयोग गर्नुहुने वडाध्यक्ष पाख्रीन, अटो चालक प्रेम बहादुर थिङ र स्कुटी चालक अभय ब्लोनलाई धन्यवाद दिएका छन् ।

“सफा बाटो सभ्य समाज हिँड्डुल गर्न हुन्छ सहज” भन्ने नाराका साथ भाद्रा ३१ गतेदेखी सुरु गरिएको बाटो सरसफाइ अभियानलाई निरन्तरता दिँदै यहि असोज ५ गते शर्सिधाप सडक खण्डमा सरसफाइ गर्ने भनी सुर्य बहादुर गोलेले जानकारी दिएका छन् । साथै उक्त दिन सरसफाइ अभियानमा जुट्न सम्पूर्ण शर्सिधाप निवासीलाई म्हेन्दो टोल विकास संस्थाको अनुरोध छ ।
















