हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ राप्ती किनारामा अवस्थित सार्वजनिक जग्गा स्थानीय केही हुकुमबासीले अतिक्रमण गर्न थालेपछी नेकपाको नेतृत्वमा गठित संघर्ष समितिले उक्त जमिन संरक्षणका लागि ध्यानाकर्षण गराउँदा सम्बन्धित निकाय मौन रहेकोले उक्त जमिनमा सुकुम्बासी राख्ने कोसिस गरिरहेको छ ।

सुकुम्बासी बस्ती बसाउने उद्देश्य सहित नेकपाले आज सुकुम्बासी सहभागी गराइएको छ । भेलामा लगभग ७/८ सय जना भूमिहीन सुकुम्बासी उपस्थित भएका छन् । सार्वजनिक जमिन हुकुम्बासीलाई होइन सुकुम्बासीलाई दिनुपर्छ भन्दै उपस्थित जमातले नाराजुलुस गरेका छन् । साथै सार्वजनिक जमिन संरक्षणमा स्थानीय सरकार तथा जिल्ला प्रशासन उदासिन भएकोले तत्काल कदम चाल्न माग गरेका छन् ।

उपस्थित सुकुम्बासीले नाराजुलुस गर्न थालेपछी सिडिओ स्किम श्रेष्ठ समेत फिल्डमा उपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यलय प्रमुख स्किमले सार्वजनिक सम्पत्ति संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा तत्काल लाग्ने प्रतिबद्धता गरेका छन् ।

फिल्ड भिजिट पश्चात् सार्वजनिक जमिन हड्प्न खोज्ने स्थानिय सहित नेकपा र सार्वजनिक जमिन संरक्षण संघर्ष समितिका अभियन्ताहरुलाई सिडिओ कार्यलयमा बार्ताका लागि डाकेका थिए । बार्तामा सबैको कुरा सुनेपछी हेटौंडा-१ चौकिटोलमा मात्र नभै पालिकाका १९ वटै वडामा अतिक्रम गरेका सार्वजनिक जमिन संरक्षणका लागि पहल गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.