प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने चेतावनी दिएको छ ।  पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै यसो बताएको हो ।

जिल्ला सेक्रेटरी पेमा सीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीका कान्छा भाइ बिक्रम घलानलाई मिति २०८२/०३/२४ गते राती ११ बजे मनहरी-३, डोठे स्थित आफ्नै घरमा सुतिरहेको ठाउँबाट बिनाकारण प्रहरीले कुटपिट गरि गुण्डगर्दी शैलीमा पक्राउ गरेको विषयप्रती घोर भर्त्सना गरेको छ । हिरासतमा राखिएका बिक्रम घलानलाई निसर्त रिहाइ गर्न माग गरेको छ । मिति २०८२/०३/०४ गते सार्वजनिक जमिन प्रकरणमा मुछिएको भनी हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपानेमाथी सुकुम्बासी जनताले कालोमोसो दलि गरेको कारबाहीको विषयमा सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्नुको साट्टो सत्ताधारी हुकुमबासीको इसारामा प्रतिशोध र राजनीतिक पूर्वाग्रहपूर्ण ढङ्गले मकवानपुरका एसपीको निर्देशनमा जनताको गाउँघरमा गइ दुख दिने, कुटपिट गर्ने र गल्ती नभएकालाई धरपकट गरि दुख दिने कार्य निन्दनीय भएको बताएको छ ।

यसरी अमानवीय र क्रुर युद्धको मानसिकताबाट अगाडि बढेको प्रहरी दमनको जमेर सामना गर्ने भनी विज्ञप्तिमा उल्लेख गरेको छ । अझै पनि हिरासतमा राखिएका सुकुम्बासी र विद्यार्थीलाई निसर्त रिहाइ नगरे मकवानपुर बन्दको कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी पनि विज्ञप्ति मार्फत गरेको छ । संघर्षको कार्यक्रम गर्नुपरेमा त्यसबाट हुने क्षतिको जिम्मा मकवानपुर प्रहरीले लिनुपर्ने विज्ञप्तिमा लेखिएको छ ।

साथै नेकपाले विज्ञप्ति मार्फत बढ्दो प्रहरी दमन रोक्न आम नागरिक, न्यायलय, सामाजिक अभियन्ता, कानुनी व्यवसाय, राजनीतिक दलहरु, पत्रकार तथा मानवअधिकार कर्मिमा हार्दिक अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

प्रहरी आतंक नरोके मकवानपुर बन्द गर्ने नेकपा मकवानपुरको चेतावनी

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.