भीमफेदी कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी वनस्पतीबाट पक्राउ

हेटौंडा, भदौ २४ गते । जेन जि आन्दोलनका क्रममा भीमफेदी कारागार मकवानपुरबाट फरार भएका डाँका चोरी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोली तथा सामुदायिक सेवा केन्द्र वनस्पती मकवानपुरको टोलीले २०८३ भदौ २४ गते दिउँसो १ः३० बजे फरार कैदीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१३, वनस्पती निवासी पदमबहादुर तितुङका छोरा, करिब ३९ वर्षीय सन्तबहादुर तितुङलाई घर नजिकैको बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी तथा निगरानीलाई तीव्रता दिएको थियो। खोजीका क्रममा घरनजिकै फेला पारी पक्राउ गरिएका तितुङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तितुङलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.