मकवानपुरगढी, भदौ २४ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पार्टीको पुनर्जागरण र पुनर्गठनमार्फत एमालेलाई पुनः राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताएका छन्। नेकपा एमाले मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण–२०८३’ अभिमुखीकरण कार्यक्रममा बोल्दै सिग्देलले पार्टीप्रति फैलाइएका भ्रम चिर्ने, कार्यकर्ता तथा जनतामा देखिएको निराशा अन्त्य गर्ने र एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने अभियान सञ्चालन भइरहेको बताए। मकवानपुरगढी गाउँपालिकाका लागि ‘मिसन जागरण’ अभियानका केन्द्रीय प्रतिनिधिसमेत रहेका सिग्देलले अभियान वडा, कार्यकर्ता र जनताकेन्द्रित हुने बताए। उनले पछिल्लो समय बालेन्द्र नेतृत्वको सरकारप्रति जनताको मोहभंग हुँदै गएको दाबी गर्दै संकट र विपत्तिका समयमा जनताले एमाले खोजिरहेको बताए। कार्यक्रममा…