जेन–जी दिवसमा प्रधानमन्त्री शाहको सन्देश : ‘सुशासन कायम हुने नै छ’, सहिदप्रति श्रद्धाञ्जली

काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले जेन–जी आन्दोलनको पहिलो दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सुशासन कायम हुने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहले आज पहिलोपटक जेन–जी दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत संक्षिप्त सन्देश सार्वजनिक गर्दै जेन–जी पुस्तालाई सम्बोधन गरेका हुन्। उनले आफ्नो सन्देशमा ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ’ भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गत २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई स्मरण गर्दै आज पहिलो पटक जेन–जी दिवस मनाइएको हो। उक्त आन्दोलनमा युवाहरूको व्यापक सहभागिता रहेको थियो भने आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

प्रधानमन्त्री शाहको सन्देशमा जेन–जी पुस्ताको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र सुधारका सवाललाई सम्बोधन गर्ने संकेत गरिएको छ।

‘प्रिय Gen Z’ भन्दै सुरु भएको प्रधानमन्त्री शाहको छोटो सन्देशमा ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धता र सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ।

यसलाई जेन–जी आन्दोलनको स्मरणसँगै नयाँ पुस्ताले उठाएका सवालप्रति राज्यको प्रतिबद्धताको सन्देशका रूपमा समेत हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.