Day: २०८३ भाद्र २३, मंगलवार १३:३१

भैरवरोडको ढल निकास व्यवस्थापनमा समस्या, निर्माण कार्य जारी रहेको वडाध्यक्ष सिग्देलको भनाइ

भैरवरोडको ढल निकास व्यवस्थापनमा समस्या, निर्माण कार्य जारी रहेको वडाध्यक्ष सिग्देलको भनाइ

हेटौँडा, भदौ २३ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित भैरवरोडको चिसापानी खण्डमा चेम्बर भत्किएर ढल अवरुद्ध भएपछि उत्पन्न समस्या समाधानका लागि मर्मत तथा निर्माण कार्य जारी रहेको वडाध्यक्ष नवीन सिग्देलले बताएका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै आफूहरू समस्या समाधानका लागि निरन्तर प्रयासरत रहेको बताएका हुन्। उनले समस्यालाई अतिरञ्जित नगर्न र निर्माण कार्य अवधिभर धैर्य गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार चेम्बर भत्किएर ठूलो खाडल बनेपछि भैरवरोडमा पानी जम्ने तथा थप दुर्घटनाको जोखिम बढेको थियो। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै तत्काल मर्मत कार्य सुरु गरिएको भए पनि लगातार परेको वर्षा तथा समग्र बजार क्षेत्रको ढलको निकास सोही…
Read More
दृष्टिविहीन युवालाई सेयर बजारबारे वित्तीय साक्षरता, दुईदिने कार्यक्रम सम्पन्न

दृष्टिविहीन युवालाई सेयर बजारबारे वित्तीय साक्षरता, दुईदिने कार्यक्रम सम्पन्न

काठमाडौँ, भदौ २३ गते । दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँमा आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ। नेत्रहीन युवा सङ्घ नेपाल, उपत्यका शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा दृष्टिसम्बन्धी अपाङ्गता भएका २१ जना युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई सेयर बजारसम्बन्धी आधारभूत ज्ञानसँगै प्राथमिक बजार र दोस्रो बजारबीचको अन्तर, दोस्रो बजारमा लगानी गर्दा हुनसक्ने जोखिम तथा लगानीका क्रममा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिइएको थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहजकर्ता शिव अग्रवाल र कुशल न्यौपानेले सहभागीहरूले राखेका जिज्ञासाका आधारमा सेयर बजार तथा वित्तीय साक्षरतासम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए। कार्यक्रममा बोल्दै नेत्रहीन युवा…
Read More
मकवानपुरको मनहरीमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ

मकवानपुरको मनहरीमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ

भाबर, भदौ २३ गते । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकखण्डबाट प्रहरीले १६२ किलो ७९४ ग्राम लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब २:४५ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअप गाडीले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा दुवै गाडी रोकी जाँच गरेको थियो। जाँचका क्रममा कारको सिटभित्र लुकाइछिपाइ प्लास्टिकले बेरिएको अवस्थामा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा तौल गर्दा १६२ किलो ७९४ ग्राम रहेको खुलेको छ। प्रहरीका अनुसार स्कर्टिङ गरिरहेको पिकअप गाडी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.