हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडा, अशोज ९ गते । नेपाक कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेन जि बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास के हो भन्ने विषयमा गहन छलफल र विचार मन्थन भएको छ ।

नेकपाको आन्दोलनले मात्र जेन जि आन्दोलनको मर्म समेट्न सक्ने र सार्थक बनाउन सक्ने हुँदा आम जेन्जी पुस्तालाई नेकपाको नेतृत्वमा गोलबन्द भइ अघि बढ्न नेकपा हेटौंडाले आव्हान गरेको छ । जेन जि बिद्रोह पश्चात् देशमा उत्पन्न संकट समाधानका विकल्पहरु केके हुन् र यसको निकास कसरी दिन सक्छ भन्ने विषयलाई मध्यनजर गर्दै नेकपा हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा अखिल (समाजवादी) का केन्द्रिय अध्यक्ष नरेन्द्र सी रहेका छन् ।

कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै नरेन्द्र सीले मेचिदेखी महाकाली सम्म जेन जिको आन्दोलनमा नेकपाले पूर्ण समर्थन गर्दै आन्दोलित भएको बताएका छन् । जेन जि पुस्ताले चाहेको परिवर्तन नेकपाले लिएको एकीकृत जनक्रान्ती मार्फत नेपाली विषेशताको समाजवादले मात्र पूरा गर्न सक्ने उनले बताएका छन् । यसकारण सम्पूर्ण नेपाली जेन्जी तथा नन जेन्जी पुस्ताले पश्चगमनतिर होइन, नकि यथास्थितिवादमा फसेर नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि नेपाली विषेशताको समाजवादमा जाने जमर्को गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचीव बुर बहादुर घलान (ज्वाला) ले पनि आफ्नो बिचार प्रस्तुत गरेका छन् । उनले मुख्यत जेन्जी उमेर समूहका पुस्ताले १० वर्षे जनयुद्ध मार्फत संघर्ष गरेर स्थापना गरेको गणतन्त्रलाई भरपुर प्रयोग गर्दै समाजवाद तर्फ उन्मुख हुनु नै अबको देश निर्माणको निकास हो भनेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुरका उपाध्यक्ष ध्रुव भुजेलले पनि आफ्नो मत व्यक्त गर्दै जेन्जी आन्दोलनले उत्पन्न गरेको राष्ट्रिय परिस्थितिलाई निकास दिलाउन अब सबै कम्युनिस्ट पार्टीहरु एक ढिक्का भएर देश निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका संयोजक सद्धाम हुसेन, नेकपा बहुमत मकवानपुरका सल्लाहकार प्रेम तितुङ, बौद्धिक मन्च मकवानपुरका अध्यक्ष डा. विमल केशरी, अधिवक्ता केशव गौतम, नागरिक सरोकार मन्छ मकवानपुरका संयोजक उमेश गुणी, नेकपा मालेका संयोजक हरिकृष्ण अधिकारी लगायतले आफ्नो टीका टिप्पणी सहित सल्लाह सुझाव प्रस्तुत गरेका छन् । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सी र जिल्ला सेक्रेटरी पेमा सीको विषेश आतिथ्यता रहेको छ भने सागर घताने लागयतको आतिथ्यता रहेको छ ।

जिल्ला सचिवालय सदस्य सुर्य सीले सन्चालन गरेका जेन जि बुदृह, राजनीतिक परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रमको सभाध्यक्ष नेकपा हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.