Day: २०८२ आश्विन ९, बिहीबार २३:०५

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा खसेको सुखा पहिरो पन्छाएसँगै ५८ घण्टापछि आवागमन सुचारु भएको छ। सडक खुल्नासाथ लामो समयदेखि जाममा परेका सवारी साधनले सहज रूपमा यात्रा जारी गरेका छन्। सडक अवरुद्ध हुँदा दशैंका लागि घर हिँडेका सयौँ यात्रु तथा चालकहरू अलपत्र परेका थिए। सडक कतिखेर खुल्छ भन्ने प्रतीक्षामा रहेका यात्रु र चालकहरू सडक खुल्नेबित्तिकै खुसी व्यक्त गर्दै आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। सडक विभागका अनुसार लामो समयदेखि पर्खाइमा रहेका यात्रु तथा चालकलाई सहज आवागमनका लागि निरन्तर पहिरो पन्छाउने कार्य चलाइएको थियो। अहिले भने दुईतर्फी यातायात सहज बनेको जनाइएको छ।
Read More
हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडा, अशोज ९ गते । नेपाक कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेन जि बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास के हो भन्ने विषयमा गहन छलफल र विचार मन्थन भएको छ । नेकपाको आन्दोलनले मात्र जेन जि आन्दोलनको मर्म समेट्न सक्ने र सार्थक बनाउन सक्ने हुँदा आम जेन्जी पुस्तालाई नेकपाको नेतृत्वमा गोलबन्द भइ अघि बढ्न नेकपा हेटौंडाले आव्हान गरेको छ । जेन जि बिद्रोह पश्चात् देशमा उत्पन्न संकट समाधानका विकल्पहरु केके हुन् र यसको निकास कसरी दिन सक्छ भन्ने विषयलाई मध्यनजर गर्दै नेकपा हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी नेकपाका केन्द्रिय…
Read More
मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा, अनलाइन दर्ता अब सूचना विभागमार्फत

मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा, अनलाइन दर्ता अब सूचना विभागमार्फत

काठमाडौं, अशोज ९ गते । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ। यससँगै प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरिएको छ। त्यसैगरी २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका (कैदीबन्दी बाहेक) मृतक नेपाली नागरिकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ आर्थिक सहायता तथा काजक्रिया, खाना र यातायात खर्चबापत थप ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय बैठकले गरेको छ। बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ स्वीकृत गरेको छ, जसअनुसार सुरक्षण मुद्रण सम्बन्धी…
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

चितवन, अशोज ९ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिक खसेको पहिरो करिब ४५ मिनेटमै पन्छाइ सडक दुबै तर्फी यातायात आवागमन सुचारु गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझ करिब ८:३० बजे सडक अवरुद्ध हुनेगरी खसेको पहिरोलाई एक्साभेटर र डोजर प्रयोग गरी तत्काल पन्छाइएपछि आवागमन सहज भएको हो। अचानक खसेको पहिरोका कारण केही समय देखि सडक अवरुद्ध हुँदा यात्रुहरूले धेरै सास्ती बेहोर्नु परेको थियो। तर आज केहिको अन्तराल समयपछि सडकलाई खुलाइएको जनाइएको छ।
Read More
रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

रौतहट, अशोज ९ गते । रौतहटको टेकान बसपार्क अगाडि लामो समयदेखि खुला रूपमा देहव्यापार सञ्चालन हुँदै आएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयहरूका अनुसार करिब १०–१५ दिनअघि नै गाउँलेहरूको पहलमा यसबारे प्रहरी प्रशासनलाई औपचारिक उजुरी दिइएको थियो। तर, उजुरीपछिको अवधिसम्म पनि कुनै ठोस कारबाही नभएको भन्दै असन्तुष्टि बढ्दो छ। “हामीले समस्या समाधान होस् भनेर प्रहरीलाई जानकारी गराएका थियौँ, तर अहिले पनि त्यही क्रियाकलाप खुलेआम भइरहेकाले गाउँलेहरूलाई थप आक्रोश बढेको छ,” एक स्थानीयवासीले सामाजिक सञ्जालमार्फत बताएका छन्। स्रोतका अनुसार प्रहरी प्रशासनले अझै यसबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। लगातार बढिरहेको गुनासो र मौन प्रहरी भूमिकाले स्थानीयस्तरमा असुरक्षाको वातावरण सिर्जना भएको बताइन्छ। स्रोत:-…
Read More
सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

काठमाडौँ, अशोज ९ गते । विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को आजको बैठकबाट तत्काल कार्यान्वयन हुने गरी चार बुँदे निर्देशन दिएका छन्। मन्त्री पुनले पहिलो चरणमा मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्ने खाका तयार गरी असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएका छन्। दोस्रो निर्देशनमा, एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी परीक्षा परिणाम तीन महिनाभित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्न परिषद्लाई आग्रह गरेका छन्। त्यस्तै, तेस्रो निर्देशनका रुपमा विद्यार्थी, अभिभावक तथा शिक्षकका गुनासो सुन्ने र प्राप्त गुनासोलाई अभिलेखिकरण तथा समाधान गर्ने शाखा तुरुन्तै स्थापना गरी सञ्चालनमा ल्याउन भनिएको छ। चौथो…
Read More
मनहरीमा जेन जि बिद्रोह र राजनीतिक निकास विषयक अन्तरक्रिया सम्पन्न, संस्थागत आन्दोलनमा जोड

मनहरीमा जेन जि बिद्रोह र राजनीतिक निकास विषयक अन्तरक्रिया सम्पन्न, संस्थागत आन्दोलनमा जोड

मनहरी, अशोज ९ गते । नेपाल कम्युनिस्ट पार्टी मनहरी गाउँपालिका समितिद्वारा आयोजित "जेन जि बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास" विषयक अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ । जेन जि आन्दोलनलाई अपराधिकरण होइन संस्थागत गरि अघि बढाउनुपर्ने कुरामा नेकपा मनहरीले जोड दिएको थियो । पछिल्लो समय देशमा सिर्जित जेन जि आन्दोलन र यसले निम्त्याएको घटना प्रती राजनीतिक दलको बुझाइ तथा सिर्जित समस्या समाधानका उपायहरुको विषयमा गहन छलफल र बहसका लागि आयोजित अन्तरक्रिया कार्यक्रम रजैयामा भएको हो । बुधबार भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले सान्दर्भिक जेन जि को आन्दोलन तुहिन दिन नहुने बताउँदै जेन जि…
Read More
टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत टुइन खोलामा खसेको पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको छ। पाँच वटा एक्साभेटर र डोजरलगायतका उपकरण प्रयोग गरी माटो पन्छाउने काम तीव्र गतिमा भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुखसहित डिभिजन कार्यालयका इन्जिनियर तथा कर्मचारीहरू निरन्तर स्थलमै खटिएका छन्। सुरक्षासम्बन्धी संयन्त्र मिलाउँदै राति पनि उज्यालो बत्तीको सहायताले काम अघि बढाइएको छ। काम गर्ने क्रममा एक डोजर चालक घाइते भएपछि हेटौंडाबाट अनुभवी चालक बोलाएर काम निरन्तर गरिएको छ। प्रशासनका अनुसार अझै करिब आधा घण्टाभित्र माटो पन्छाउने कार्य पूरा हुने र सकेसम्म आज रातिसम्मै अवरुद्ध सडक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.