सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

काठमाडौँ, अशोज ९ गते । विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को आजको बैठकबाट तत्काल कार्यान्वयन हुने गरी चार बुँदे निर्देशन दिएका छन्।

मन्त्री पुनले पहिलो चरणमा मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्ने खाका तयार गरी असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएका छन्। दोस्रो निर्देशनमा, एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी परीक्षा परिणाम तीन महिनाभित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्न परिषद्लाई आग्रह गरेका छन्।

त्यस्तै, तेस्रो निर्देशनका रुपमा विद्यार्थी, अभिभावक तथा शिक्षकका गुनासो सुन्ने र प्राप्त गुनासोलाई अभिलेखिकरण तथा समाधान गर्ने शाखा तुरुन्तै स्थापना गरी सञ्चालनमा ल्याउन भनिएको छ।

चौथो निर्देशन अन्तर्गत २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त सम्पूर्ण आवेदन छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्ने र सम्बन्धन दिने–नदिने निर्णय तत्काल गर्न परिषद्लाई जिम्मेवारी तोकिएको छ।

मन्त्री पुनले सीटीईभीटीलाई समयानुकूल, पारदर्शी र प्रभावकारी बनाउन यी निर्देशनहरू तत्काल लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सीटीईभीटी सुधारका चार निर्देशन: नवप्रवर्तनयुक्त पाठ्यक्रम, छिटो नतिजा प्रकाशन, गुनासो शाखा र सम्बन्धन छानबिनमा मन्त्री पुनको जोड

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.