शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता

मनहरी, असोज ३ गते । मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ्टाँडी स्थित श्री सीता माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम समापन सँगै विद्यालयले दशैको विदा दिएको छ ।

आउँदै गरेको चाडपर्व दशै, तिहार र छठको पावन अवसरमा आयोजित शुभकामना तथा सांस्कृतिक कार्यक्रम मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा राजकुमार पाख्रीन, विद्यालयका प्रधानाध्यापक विशाल घलान, पूर्व विद्यार्थी सुर्य बहादुर गोले लगायतले शुभकामना व्यक्त गरेका छन् ।

बिहीवार भएको सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा जुना ब्लोन र रचना बुलुनको टिम प्रथम, प्रतिक्षा गोले, प्रज्वल थिङ, वशन्ती घलान, सरिता थिङ र सुस्मिता बुलुनको टिम द्वितीय, नविना, कविता र सुदिक्षाको टिम तृतीय भएको हो भने रोहिसा मुक्तान र अनिता मुक्तानको टिमले सान्त्वना स्थान हासिल गरेको छ ।

विजेता टिमलाई प्रथम पुरस्कार रु. २०००, द्वितीय पुरस्कार रु. १५००, तृतीय पुरस्कार रु. १००० र सान्त्वना पुरस्कार रु. ५०० सहित प्रमाणपत्र वितरण गरिएको छ । पुरस्कार व्यवस्थापनमा सहजीकरणका साथै बालबालिकामा लगानी गर्ने उद्देश्यका साथ विद्यार्थी संगठन अखिल (समाजवादी) मकवानपुरका इन्चार्ज तथा समाजसेवी सुर्य बहादुर गोलेले रु. १५०० र भुन्द्रुङ टाँडी समर्पित उज्यालो पुस्ताले रु. १५०० सहयोग हस्तान्तरण गरेको छ ।

कार्यक्रममा उपस्थित सबैलाई शिक्षिका उजेली बलले स्वागत गरेका हुन् । प्रतिकुल मौसमको बाबजुद पनि अगाडि बढाइएको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षिका पवित्र ढुङ्गानाले गरेका हुन् भने वडा सदस्य तथा विव्यसका सदस्य सुकुराम मोक्तानले कार्यक्रमको समापन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.