२०८२ मंसिर २३, मंगलवार १९:३८
२०८२ मंसिर २३, मंगलवार १९:३८
मनहरी, मंसिर २३ गते । मनहरी गाउँपालिका वडा नम्बर २ मा मनहरी गाउँपालिकाको आयोजना तथा मकवानपुर महिला उत्थान समाजको साझेदारीमा स्थानीय अनुकुलन योजना तर्जुमा सम्बन्धि जोखिम तथा संकटासन्नता विश्लेषण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कार्यक्रममा स्थानीय स्तरमा हुने विभिन्न किसिमका जोखिमहरुको वर्गीकरण सहित प्रभावबारे छलफल गरिएको छ । विगत दुई दशक यताको समयावधिलाई मध्यनजर गर्दै वडाका विभिन्न ठाउँमा भएका तथा आगामी दिनमा हुन सक्ने संकटहरु र त्यस संकट न्यूनीकरणका लागि आवश्यक कार्ययोजनाबारे गहन छलफल गरिएको छ । छलफलको क्रममा वडाभित्र सबैभन्दा बढी वन्यजन्तु आतंक त्यसपछि खडेरी, चट्याङ र अन्नबालीरोगको कारण संकट तथा विपद आइ पर्ने गरेको तथ्यांक…