बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तिपुर, फागुन २८ गते । बस्तीपुर जेसीज मनहरीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी मनाएको छ।

सन् २०११ मा हेटौंडा जेसीजको मातृत्वमा स्थापना भएको बस्तीपुर जेसीज मनहरीले यस वर्ष १६ औँ वसन्त पार गरेको हो। स्वर्गीय गणेश प्रसाद भेटवालको अध्यक्षतामा स्थापना भएको यस शाखालाई हाल वर्ष २०२६ का अध्यक्ष जेसी सुरज बर्तौलाले नेतृत्व गर्दै अगाडि बढाइरहेका छन्।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा निर्मल बहुमुखी क्याम्पसका प्रमुख तथा बस्तीपुर जेसीज मनहरी वर्ष २०२६ का बोर्ड सल्लाहकार सुभाष चन्द्र कँडेलको प्रमुख आतिथ्यता रहेको थियो। जेसी सुशील सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा शाखा अध्यक्ष जेसी सुरज बर्तौलाको सभाध्यक्षता रहेको थियो भने निवर्तमान अध्यक्ष तथा वर्ष २०२४ का अध्यक्षसहित विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय गणेश प्रसाद भेटवालको सम्झनामा दीप प्रज्वलन समेत गरिएको थियो। कार्यक्रममा जेसीजकर्मीहरूले संस्थाको स्थापना, योगदान र आगामी योजनाबारे अन्तरक्रिया गर्दै शाखालाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.