Day: २०८२ फाल्गुन २८, बिहीबार २२:३२

समानुपातिकतर्फ मतगणना सम्पन्न : ६ दलले पाए प्रतिनिधिसभामा सिट

समानुपातिकतर्फ मतगणना सम्पन्न : ६ दलले पाए प्रतिनिधिसभामा सिट

काठमाडौँ, फागुन २८ गते । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै १६५ निर्वाचन क्षेत्रमा अन्तिम मतपरिणाम सार्वजनिक गरी विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरिसकिएको छ। सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेकामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। तीमध्ये १ करोड ५ लाख ५९ हजार १७ अर्थात् ९४ दशमलव ५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको…
Read More
७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

काठमाडौँ, फागुन २८ गते । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन ७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने निर्णय गरेको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार माग अनुसार ग्यास आयात तथा वितरण भइरहेको भए पनि पछिल्लो दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको जनाएको छ। मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको निगमले जनाएको छ। नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्ताले ग्यास प्राप्त गर्न समस्या देखिएको विषय सञ्चार माध्यमहरूमा आएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमको…
Read More
बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तिपुर, फागुन २८ गते । बस्तीपुर जेसीज मनहरीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी मनाएको छ। सन् २०११ मा हेटौंडा जेसीजको मातृत्वमा स्थापना भएको बस्तीपुर जेसीज मनहरीले यस वर्ष १६ औँ वसन्त पार गरेको हो। स्वर्गीय गणेश प्रसाद भेटवालको अध्यक्षतामा स्थापना भएको यस शाखालाई हाल वर्ष २०२६ का अध्यक्ष जेसी सुरज बर्तौलाले नेतृत्व गर्दै अगाडि बढाइरहेका छन्। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा निर्मल बहुमुखी क्याम्पसका प्रमुख तथा बस्तीपुर जेसीज मनहरी वर्ष २०२६ का बोर्ड सल्लाहकार सुभाष चन्द्र कँडेलको प्रमुख आतिथ्यता रहेको थियो। जेसी सुशील सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा शाखा अध्यक्ष जेसी सुरज बर्तौलाको…
Read More
५ वर्षदेखि अलपत्र झुलुङ्गे पुलका सामग्री छरपस्ट, गढि–५ का स्थानीय सेवा सुविधाबाट अझै वञ्चित

५ वर्षदेखि अलपत्र झुलुङ्गे पुलका सामग्री छरपस्ट, गढि–५ का स्थानीय सेवा सुविधाबाट अझै वञ्चित

हेटौंडा, फागुन २८ गते । पाँच–छ वर्षदेखि निर्माण अलपत्र परेको झुलुङ्गे पुलका सामग्रीहरू सडक किनार तथा खुला स्थानमा छरपस्ट अवस्थामा भेटिएका छन्। पुल निर्माणका लागि ल्याइएका प्लेट तथा अन्य सरसामानहरू लामो समयसम्म प्रयोगमा नआउँदा बेवारिसे जस्तै अवस्थामा रहेका छन्। पुल निर्माणमा प्रयोग हुने केही प्लेटहरू सुरक्षित राख्ने उद्देश्यले गढि गाउँपालिका वडा नम्बर ५ ले केही समयअघि आफ्नै सुरक्षा घेराभित्र राखेको देखिएको छ। तर बाँकी सामग्रीहरू भने व्यवस्थित रूपमा संरक्षण हुन नसकेको स्थानीयले बताएका छन्। झुलुङ्गे पुल निर्माणको जिम्मा निर्माण कम्पनीले राडो नेपाललाई दिएको बुझिएको छ। तर बजेट अभाव, पुरानो प्रविधिको पुलको डिजाइन तथा अन्य प्रशासनिक कारणका कारण पुल निर्माण कार्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.