७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

काठमाडौँ, फागुन २८ गते । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन ७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने निर्णय गरेको छ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार माग अनुसार ग्यास आयात तथा वितरण भइरहेको भए पनि पछिल्लो दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको जनाएको छ।

मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको निगमले जनाएको छ। नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्ताले ग्यास प्राप्त गर्न समस्या देखिएको विषय सञ्चार माध्यमहरूमा आएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमको भनाइ छ।

हालको अवस्थालाई ध्यानमा राख्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले निगमले विशेष निर्णय गरेको हो।

सो निर्णयअनुसार २०८२ साल फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरिएको प्रति सिलिन्डर आधा मूल्य अर्थात् ९५५ रुपैयाँमा बिक्री वितरण गरिने निगमले जनाएको छ।

निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा कृत्रिम अभाव सिर्जना नगर्न समेत अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

७.१ केजी एलपी ग्यास आधा मूल्यमा बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.