नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

हेटौंडा,बैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक हेटौंडा–११ सिमलटारमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयसम्म विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।

बैठकलाई सम्बोधन तथा प्रशिक्षण दिँदै नारायणी–मधेस प्रदेश इन्चार्ज अनिल सीले हाल बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने नाममा चालेका कदमप्रति ध्यानाकर्षण गराएका छन् । उनले वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउने कार्य जनविरोधी हुने बताएका छन् ।

उनले अव्यवस्थित बस्तीका नागरिकलाई उचित व्यवस्थापन र पुनःस्थापनाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिँदै राज्यले जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राखे ।

त्यस्तै उनले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई वडा तहदेखि सुदृढ र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा युवा र विद्यार्थीलाई पार्टी गतिविधिमा सक्रिय बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रशिक्षणका क्रममा विद्यार्थी संगठनको भूमिकाबारे चर्चा गर्दै उनले विद्यार्थी संगठन विशुद्ध राजनीतिक संगठन मात्र नभई शिक्षित जनशक्तिको संगठित स्वरूप भएको बताए । राज्यका कमजोरी, राष्ट्रियता तथा जनसरोकारका विषयमा विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने उल्लेख गर्दै विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आफ्नो दायित्वबाट पछि हट्न नहुने धारणा व्यक्त गरेका छन् ।

जिल्ला सेक्रेटरी पेमा सीको सभाध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज राम सीले समेत प्रशिक्षण तथा राजनीतिक मार्गदर्शन गरेका थिए ।

बैठकले जनपक्षीय मुद्दामा पार्टीलाई थप सक्रिय बनाउने, संगठनात्मक एकता मजबुत गर्ने तथा आगामी राजनीतिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.