हेटौंडा, मंसिर २६ गते । हेटौंडा-२ स्थित सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको निर्माणाधीन भवन शिलान्यास गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रम मार्फत भवनको शिलान्यास गरिएको हो।

विश्वविद्यालय अनुदान आयोग मार्फत प्राप्त अनुदानबाट उक्त भवनको निर्माण कार्य सुरु गरिएको छ । निर्माणाधीन शैक्षिक ब्लक E को शिलान्यास विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देबराज अधिकारीले गरेका छन्। विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त ६ करोड अनुदान अन्तर्गत लगभग साँडे चार करोडको टेन्डरमा निर्माण कार्य सुरु गरिएको उक्त भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बन्नेछ।

क्याम्पस सन्चालक समितीका उपाध्यक्ष अशोक शाक्यको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा क्याम्पस प्रमुख एम सिलवाल सहित अन्य सन्चालक समिती सदस्यहरु, प्राध्यापक, कर्मचारी विद्यार्थी नेताहरुको उपस्थिति रहेको छ।














