उत्तर बहादुर गोलेप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली

हेटौंडा, माघ ४ गते । हेटौंडा-१५, चिप्लेटी बाँसघारी निवासी उत्तर बहादुर गोले प्रती नेकपा (माओवादी) मकवानपुरले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

विगत लामो समयदेखी पार्टी संगठनमा आवद्ध भएर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका नेकपा (माओवादी)का केन्द्रिय प्रतिनिधि समिती सदस्य सुशीला सिंतानको बुबा उत्तर बहादुर गोलेको गत पौष २४ गते असामयिक निधन भएको थियो । वि. सं. १९९६ भाद्र २ गते जन्मेका उत्तर बहादुर गोलेको वि. सं. २०८२ पौष २४ गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

प्रेसरको कारण अचानक भएको उनको दुखद निधनले परिवार, आफन्तजन र पार्टी पंक्तिलाई शोकसन्तप्त बनाएको छ । उनका बुद्ध र सोमराज दुई छोरा छन् भने नानीमाया, पम्फामाया, सानुमाया, मंगलीमाया, सुनमाया, सुशीला, फुलसानी, भिममाया गरि आठ जना छोरीहरु र नाति-नातिनी छन् । जसमध्ये सुशीला सिंतान नेकपा (माओवादी) का केन्द्रिय प्रतिनिधि समिती सदस्य हुन् भने नाति सुनिल सिंतान युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष र पाल्देन पाख्रीन अखिल (समाजवादी) मकवानपुरका सदस्य हुन् । साथै परिवारका अन्य सदस्यहरुले नेकपा (माओवादी) को विभिन्न कार्यक्रमहरुमा सक्रिय उपस्थिति जनाएर समाजसेवामा महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।

पार्टी संगठनमा रहि समाजसेवामा विभिन्न क्षेत्रबाट घर परिवारले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै नेकपा (माओवादी) मकवानपुरले ९ औं दिनमा माघ ३ गते शनिबार श्रद्धाञ्जली सभा मार्फत उत्तर बहादुर बुबाप्रती श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोकमुक्त हुन ढाडस पनि दिएको छ ।

श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सी, सेक्रेटरी पेमा सी लगायत अन्य नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।नेत्रहीन युवा सङ्घ नेपाल केन्द्रीय कार्यालयको आयोजना तथा फन्डरेज फर युथ लिडरसिपको साझेदारीमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तथा संस्थागत विकास सम्बन्धी तालिम काठमाडौँमा सम्पन्न भएको छ। नेत्रहीन युवा सङ्घ नेपाल काठमाडौँ शाखाका बोर्ड सदस्य र साधारण सदस्य गरी १८ जना दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको उक्त तालिममा संस्थागत सुदृढीकरण र प्रशासनिक सीपका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको मुख्य सत्रहरूमा प्रशिक्षक निर्मल भण्डारीले संस्थाको अवधारणा, संस्था सञ्चालनका लागि आवश्यक पर्ने स्रोतहरूको पहिचान, आर्थिक स्रोत जुटाउनका लागि प्रस्तावना (प्रपोजल) लेखन र औपचारिक प्रतिवेदन तयारीका प्राविधिक पक्षबारे सहजीकरण गरेको थियो। विगत २० वर्षदेखि प्रपोजल निर्माण, पुस्तक लेखन र तालिम सञ्चालनमा अनुभवी भण्डारीले सहभागीहरूलाई संस्थागत विकासका लागि आवश्यक पर्ने रणनीतिक योजना र कार्य विधिबारे विस्तृत जानकारी दिएको थियो।

कार्यक्रमको अन्तिम दिन कागेश्वरी मनोहरा नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सबिनाकुमारी श्रेष्ठले स्थानीय सरकार र अपाङ्गता भएका व्यक्तिहरूबीचको व्यावहारिक सम्बन्धका विषयमा जानकारी गराए। सो क्रममा श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको मागको सुनुवाइ नहुनुका कारण, स्थानीय सरकारले उनीहरूलाई समेट्न नसक्नुको अवस्था र अपाङ्गता भएका व्यक्ति तथा स्थानीय सरकारबीच बढ्दै गएको दूरीका व्यावहारिक पक्षहरू माथि विशेष छलफल गरेको थियो।

उनले यी दुई पक्षबीचको खाडल कम गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकारको मूल प्रवाहमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए। तालिममा सहभागीहरूलाई संस्थागत रूपमा सबल बन्दै स्थानीय तहसँग प्रभावकारी समन्वय र पहुँच स्थापित गर्ने तरिकाबारे जानकारी दिइएको आयोजकले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.