काठमाडौं, भदौ ६ गते । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वरमा रहेको गीतमा प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र परिवेशलाई समेत प्रस्तुत गरिएको छ।

नेत्र अर्यालको शब्दरचना रहेको गीतमा खेम सेन्चुरीले संगीत तथा हुकलाइन तयार गरेका छन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन् भने संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्।
सुनिल बीकेको निर्देशनमा तयार भएको गीतको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरनसँगै चितवनको पर्यटकीय गन्तव्य सौराहाको प्राकृतिक सुन्दरतालाई भिडियोमा समेटिएको छ। प्राकृतिक परिवेश र सांस्कृतिक पहिरनको संयोजनले गीतको भावलाई थप आकर्षक बनाएको छ।
गीतको छायांकन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको ‘मोरे सैया’ सुशीला गौतमको युट्युब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।
गीत सुन्नुहोस्, भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया दिनुहोस्।














