Day: २०८३ भाद्र ६, शनिबार १८:१५

गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

काठमाडौं, भदौ ६ गते। बाराको सिमरामा बलात्कारपछि विभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर दुःख र आक्रोश व्यक्त गरेका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत गरिमाको हृदयविदारक घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन्। उनले यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन्। गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको प्रचण्डले बताएका छन्। उनले गरिमामाथिको अपराध एउटा परिवारमाथिको पीडा मात्र नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न…
Read More
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

काठमाडौं, भदौ ६ गते । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वरमा रहेको गीतमा प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र परिवेशलाई समेत प्रस्तुत गरिएको छ। नेत्र अर्यालको शब्दरचना रहेको गीतमा खेम सेन्चुरीले संगीत तथा हुकलाइन तयार गरेका छन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन् भने संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्। सुनिल बीकेको निर्देशनमा तयार भएको गीतको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरनसँगै चितवनको पर्यटकीय गन्तव्य सौराहाको प्राकृतिक सुन्दरतालाई भिडियोमा समेटिएको छ। प्राकृतिक परिवेश र सांस्कृतिक पहिरनको संयोजनले गीतको भावलाई थप आकर्षक…
Read More
गरिमा चौधरीको हत्याप्रति उज्यालो नेपाल पार्टी मकवानपुरको गम्भीर ध्यानाकर्षण

गरिमा चौधरीको हत्याप्रति उज्यालो नेपाल पार्टी मकवानपुरको गम्भीर ध्यानाकर्षण

हेटौंडा, भदौ ६ गते । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि निर्मम हत्या भएको घटनाप्रति उज्यालो नेपाल पार्टी जिल्ला समन्वय कमिटी मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति स्तब्ध भएको जनाउँदै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। अबोध बालिकामाथि भएको यस्तो जघन्य अपराध सभ्य समाजका लागि कलङ्क भएको भन्दै विज्ञप्तिमा घटनाले राज्यको जवाफदेहितामाथि समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ। उज्यालो नेपाल पार्टी मकवानपुरले घटनाको निष्पक्ष, शीघ्र र वैज्ञानिक अनुसन्धान गरी अनुसन्धानलाई पारदर्शी बनाउन तथा घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सरकार र सम्बन्धित निकायसँग माग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.