बस्तिपुर जेसिज मनहरीको १५ औं साधारण सभा तथा १४ औं शाखा अधिवेशन सम्पन्न, सुरज बर्तौला अध्यक्षमा निर्वाचित

बस्तिपुर–मनहरी, पुस १३ गते । बस्तिपुर जेसिज मनहरीको १५ औं वार्षिक साधारण सभा तथा १४ औं शाखा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम हेटौंडा–१९, बस्तिपुरस्थित बस्तिपुर जेसिज मनहरीको सचिवालयमा सम्पन्न भएको हो ।

शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभामा वर्ष–२०२५ का महासचिव, कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्षहरूको प्रतिवेदन प्रस्तुत र अनुमोदन गरिएको थियो । साथै कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारण सभा पश्चात् सम्पन्न १४ औं शाखा अधिवेशनबाट वर्ष–२०२६ का लागि जेसि सुरज बर्तौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । प्रत्यक्ष तर्फ कार्यकारिणी उपाध्यक्षद्वयमा जेसि सोवित वाइबा र जेसि राम गिरी चयन भएका छन् । त्यसैगरी प्रत्यक्ष तर्फका चार उपाध्यक्षमा जेसि सन्तोष ढकाल, जेसि बिबस अर्याल, जेसि रोशन भण्डारी र जेसि अभिषेक बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा वर्ष–२०२२ का शाखा अध्यक्ष तथा वर्ष–२०२३ का राष्ट्रिय उपाध्यक्ष सिनेटर तेज प्रसाद उप्रेतीसहित विभिन्न पूर्व शाखा अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको सुदृढीकरण र सामाजिक सेवामा अझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.