Day: २०८२ पुष १३, आईतवार २०:५३

‘दलविरुद्ध हुँकार गर्नेहरू दलमै जुट्नु लोकतन्त्रको जित’ — एमाले नेता नवीन सिग्देल

‘दलविरुद्ध हुँकार गर्नेहरू दलमै जुट्नु लोकतन्त्रको जित’ — एमाले नेता नवीन सिग्देल

हेटौंडा,पुस १३ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले आफूलाई स्वतन्त्र बताउँदै दलहरूलाई गाली गर्दै आएका समूहहरू अन्ततः दल नै बनाएर राजनीतिमा सक्रिय हुन खोज्नु लोकतन्त्र र दल प्रणालीको जीत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सिग्देलले “स्वतन्त्र भनेर दलहरूलाई गाली गर्दै हुँकार गर्नेहरू दल बनाएर जुट्न खोज्नु लोकतन्त्र र दलहरूको जीत हो” भन्दै टिप्पणी गरेका छन्। उनले राजनीतिक अभ्यासमा नयाँ देखिनेहरूबारे व्यङ्ग्य गर्दै “नयाँ जोगीले धेरै खरानी घस्छ” भन्ने उखान प्रयोग गरेका छन्। उनको स्टाटसमा अहिले “खरानीको कमी नरहेको” उल्लेख गर्दै सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका विभिन्न संवैधानिक निकायसम्म…
Read More
बीपीएल खेलअघि प्रशिक्षक जाकीको आकस्मिक निधन, मैदानमै स्तब्ध बने खेलाडी

बीपीएल खेलअघि प्रशिक्षक जाकीको आकस्मिक निधन, मैदानमै स्तब्ध बने खेलाडी

बङ्गलादेश, पुस १३ गते । बंगलादेश प्रिमियर लिग (BPL) अन्तर्गत ढाका क्यापिटल्स र राजशाही वारियर्सबीचको खेल सुरु हुनु केही मिनेट अघि ढाकाका सहायक प्रशिक्षक महबुब अली जाकीको आकस्मिक निधन भएको छ। शनिबार सिलहेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टोलीको खेल–पूर्व तयारीका क्रममा ५९ वर्षीय जाकी अचानक मैदानमै ढलेका थिए। उनलाई तत्काल मेडिकल टोलीले सिपिआर (CPR) दिएर एम्बुलेन्समार्फत अल हरामैन अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले मृत घोषणा गरेको बंगलादेश क्रिकेट बोर्ड (BCB) का मुख्य चिकित्सक देबाशिष चौधरीले जनाएका छन्। नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सविरुद्धको खेल सुरु हुनुअघि घटेको यस घटनाले मैदानमा रहेका सबैलाई स्तब्ध बनाएको थियो। ढाका टोलीका अधिकारीहरूले जाकीले त्यसअघि कुनै…
Read More
उपसभामुख इन्दिरा रानाद्वारा सरकारी गाडी फिर्ता, ट्याक्सी चढेर बाहिरिइन्

उपसभामुख इन्दिरा रानाद्वारा सरकारी गाडी फिर्ता, ट्याक्सी चढेर बाहिरिइन्

​काठमाडौं, पुस १३ गते । उपसभामुख इन्दिरा रानामगरले आफ्नो कार्यकाल सकिएसँगै आइतबार संसद् सचिवालयलाई सरकारी गाडी फिर्ता गरेकी छन्। निर्वाचन प्रक्रिया सुरु भएसँगै संवैधानिक व्यवस्थाअनुसार पदमुक्त भएकी रानाले आफूले प्रयोग गर्दै आएका दुईवटै गाडीको साँचो सचिवालयका कर्मचारीलाई हस्तान्तरण गरेकी हुन्। ​सिंहदरबारस्थित कार्यकक्षबाट बिदा हुने क्रममा सरकारी सेवा सुविधा त्यागेर उनी ट्याक्सी चढेर बाहिरिएकी थिइन्। संविधानअनुसार प्रतिनिधिसभाको उम्मेदवार मनोनयन दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ। निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको बन्दसूची बुझाउने समय सुरु गरेसँगै उनको कार्यकाल समाप्त भएको हो।
Read More
६ महिनापछि खुल्यो रसुवागढी नाका

६ महिनापछि खुल्यो रसुवागढी नाका

रसुवा, पुस १३ गते । बाढीका कारण विगत ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। गत असारमा ल्हेन्देखोलाको बाढीले मितेरी पुल बगाएपछि ठप्प भएको यो नाका चीनतर्फ बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आज बिहान ७ बजेदेखि खुलेको हो। ​नाका खुलेलगत्तै नेपाली ट्रक र चालकहरू सामान लिन केरुङतर्फ प्रस्थान गरेका छन्। लामो समयको अवरोधले गर्दा करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सानी भएको भन्सार कार्यालयले जनाएको छ। बाढीले सडक र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको थियो। चिनियाँ अधिकारीहरूसँगको समन्वयपछि नाका सुचारु भएसँगै सीमा क्षेत्रको व्यापारिक चहलपहल पुनः सुरु भएको छ।
Read More
निर्वाचनमा एआई प्रयोगमाथि कडाइ, मिथ्या सूचना फैलाउनेलाई आयोगको स्पष्ट चेतावनी

निर्वाचनमा एआई प्रयोगमाथि कडाइ, मिथ्या सूचना फैलाउनेलाई आयोगको स्पष्ट चेतावनी

​काठमाडौँ,पुस १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नयाँ निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। प्रविधिको तीव्र विकाससँगै बढ्दै गएको दुरुपयोगको सम्भावनालाई ध्यानमा राख्दै यसपटक आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था समेटिएको छ। निर्वाचन आचारसंहिता, २०८२ अनुसार सामाजिक सञ्जाल वा डिजिटल माध्यममार्फत हुने भ्रामक गतिविधिमा कडा प्रतिबन्ध लगाइएको छ। आयोगले एआई प्रयोग गरेर वा नगरी कुनै पनि उम्मेदवार, दल वा व्यक्तिको चरित्रहत्या गर्ने, होच्याउने वा गलत सूचना फैलाउने कार्यलाई गैरकानुनी ठहर गरेको छ। आचारसंहितामा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले दुष्प्रचार, अपमानजनक अभिव्यक्ति तथा द्वेषपूर्ण भाषण (हेट स्पिच) सम्प्रेषण गर्न नपाइने स्पष्ट उल्लेख गरिएको…
Read More
बस्तिपुर जेसिज मनहरीको १५ औं साधारण सभा तथा १४ औं शाखा अधिवेशन सम्पन्न, सुरज बर्तौला अध्यक्षमा निर्वाचित

बस्तिपुर जेसिज मनहरीको १५ औं साधारण सभा तथा १४ औं शाखा अधिवेशन सम्पन्न, सुरज बर्तौला अध्यक्षमा निर्वाचित

बस्तिपुर–मनहरी, पुस १३ गते । बस्तिपुर जेसिज मनहरीको १५ औं वार्षिक साधारण सभा तथा १४ औं शाखा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम हेटौंडा–१९, बस्तिपुरस्थित बस्तिपुर जेसिज मनहरीको सचिवालयमा सम्पन्न भएको हो । शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभामा वर्ष–२०२५ का महासचिव, कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्षहरूको प्रतिवेदन प्रस्तुत र अनुमोदन गरिएको थियो । साथै कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ । साधारण सभा पश्चात् सम्पन्न १४ औं शाखा अधिवेशनबाट वर्ष–२०२६ का लागि जेसि सुरज बर्तौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । प्रत्यक्ष तर्फ कार्यकारिणी उपाध्यक्षद्वयमा जेसि सोवित वाइबा र जेसि राम…
Read More
रास्वपा र बालेनबीच जुट्यो सहमति, हर्क साम्पाङको बढ्यो असन्तुष्टि

रास्वपा र बालेनबीच जुट्यो सहमति, हर्क साम्पाङको बढ्यो असन्तुष्टि

​काठमाडौँ,पुस १३ गते। ​नेपाली राजनीतिको रङ्गमञ्चमा एउटा अप्रत्याशित र अर्थपूर्ण हलचल उत्पन्न गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन शाहबीच आगामी राजनीतिक यात्रामा एकसाथ अगाडि बढ्ने औपचारिक समझदारी भएको छ। शनिबार भएको सघन छलफलपछि आइतबार बिहान ४ बजे एउटा निष्कर्षमा पुगेसँगै अब बालेन शाह रास्वपाकै झन्डा र चुनाव चिह्न बोकेर प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत हुने र पार्टीको आन्तरिक नेतृत्वमा भने रवि लामिछाने नै रहने गरी शक्ति बाँडफाँट गरिएको छ। यो समझदारीले एउटा पक्षमा उत्साह सञ्चार गराइरहँदा आफ्नै नेतृत्वमा 'श्रम संस्कृति पार्टी' खोलेर आफ्नो छुट्टै राजनीतिक जग खनिरहेका धरानका मेयर हर्क साम्पाङले भने तीव्र असन्तुष्टि पोख्दै यसलाई ‘विदेशी हस्तक्षेपलाई…
Read More
बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

​काठमाडौँ,पुस १३ गते। नेपाली राजनीतिमा एउटा ठुलो उथलपुथल ल्याउने गरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच औपचारिक एकता भएको छ। आइतबार बिहान ४ बजे नेता असिम शाहको निवासमा करिब ४८ घण्टा चलेको लामो र गोप्य छलफलपछि दुई पक्षबीच सात बुँदे राजनीतिक सहमति जुटेको हो। यस सहमतिसँगै अब बालेन शाह रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ भने पार्टीको नेतृत्व रवि लामिछानेले नै सम्हाल्नेछन्। ​सहमति पत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र १० वर्षभित्र नेपाललाई मध्यम-आय भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.