‘दलविरुद्ध हुँकार गर्नेहरू दलमै जुट्नु लोकतन्त्रको जित’ — एमाले नेता नवीन सिग्देल

हेटौंडा,पुस १३ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले आफूलाई स्वतन्त्र बताउँदै दलहरूलाई गाली गर्दै आएका समूहहरू अन्ततः दल नै बनाएर राजनीतिमा सक्रिय हुन खोज्नु लोकतन्त्र र दल प्रणालीको जीत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सिग्देलले “स्वतन्त्र भनेर दलहरूलाई गाली गर्दै हुँकार गर्नेहरू दल बनाएर जुट्न खोज्नु लोकतन्त्र र दलहरूको जीत हो” भन्दै टिप्पणी गरेका छन्। उनले राजनीतिक अभ्यासमा नयाँ देखिनेहरूबारे व्यङ्ग्य गर्दै “नयाँ जोगीले धेरै खरानी घस्छ” भन्ने उखान प्रयोग गरेका छन्।

उनको स्टाटसमा अहिले “खरानीको कमी नरहेको” उल्लेख गर्दै सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका विभिन्न संवैधानिक निकायसम्म विवाद र आलोचनाको विषय बनेको अवस्थाप्रति संकेत गरिएको छ। साथै, सिंहदरबार जलाउन उक्साउने अभिव्यक्ति दिने व्यक्ति नै प्रधानमन्त्री भएको दाबी गर्दै उनले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन्।

सिग्देलको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले उनको भनाइलाई दलिय लोकतन्त्रको पक्षमा रहेको स्पष्ट सन्देश मानेका छन् भने केहीले भने यस्तो अभिव्यक्तिले राजनीतिक ध्रुवीकरण बढाउने बताएका छन्।

उनको यो स्टाटस हालको राजनीतिक परिवेश, दलविरोधी भाष्य र नयाँ राजनीतिक शक्तिहरूको उदयको सन्दर्भमा आएको प्रतिक्रियाका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.