निर्वाचनमा एआई प्रयोगमाथि कडाइ, मिथ्या सूचना फैलाउनेलाई आयोगको स्पष्ट चेतावनी

​काठमाडौँ,पुस १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नयाँ निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। प्रविधिको तीव्र विकाससँगै बढ्दै गएको दुरुपयोगको सम्भावनालाई ध्यानमा राख्दै यसपटक आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था समेटिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार सामाजिक सञ्जाल वा डिजिटल माध्यममार्फत हुने भ्रामक गतिविधिमा कडा प्रतिबन्ध लगाइएको छ। आयोगले एआई प्रयोग गरेर वा नगरी कुनै पनि उम्मेदवार, दल वा व्यक्तिको चरित्रहत्या गर्ने, होच्याउने वा गलत सूचना फैलाउने कार्यलाई गैरकानुनी ठहर गरेको छ।

आचारसंहितामा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले दुष्प्रचार, अपमानजनक अभिव्यक्ति तथा द्वेषपूर्ण भाषण (हेट स्पिच) सम्प्रेषण गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ। विशेषगरी एआईको सहायताबाट तयार गरिने ‘डिपफेक’ भिडियो, तस्बिर वा भ्रामक सामग्री पूर्ण रूपमा निषेध गरिएको आयोगले जनाएको छ।

डिजिटल माध्यमबाट फैलिने गलत सूचनाले मतदाताको निर्णयमा भ्रम सिर्जना नगरोस् भन्ने उद्देश्यले आयोगले यस्तो व्यवस्था ल्याएको हो। यस कदमले निर्वाचन प्रक्रिया थप स्वच्छ, निष्पक्ष र मर्यादित बन्ने आयोगको विश्वास छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.