बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

​काठमाडौँ,पुस १३ गते। नेपाली राजनीतिमा एउटा ठुलो उथलपुथल ल्याउने गरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच औपचारिक एकता भएको छ। आइतबार बिहान ४ बजे नेता असिम शाहको निवासमा करिब ४८ घण्टा चलेको लामो र गोप्य छलफलपछि दुई पक्षबीच सात बुँदे राजनीतिक सहमति जुटेको हो।

यस सहमतिसँगै अब बालेन शाह रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ भने पार्टीको नेतृत्व रवि लामिछानेले नै सम्हाल्नेछन्। ​सहमति पत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र १० वर्षभित्र नेपाललाई मध्यम-आय भएको राष्ट्र बनाउने आर्थिक मार्गचित्र कार्यान्वयन गर्ने साझा सङ्कल्प गरेका छन्।

एकीकृत पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिह्न ‘घण्टी’ र झण्डा साविककै रहने निर्णय भएको छ। हस्ताक्षर समारोहमा रास्वपाका शीर्ष नेताहरू डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, शिशिर खनालका साथै अभियन्ताहरू केपी खनाल, सुदिप ढकाल र कलाकार निश्चल बस्नेतको समेत उपस्थिति रहेको थियो। यो एकताले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने लक्ष्य राखेको छ।

दुई पक्षबीच भएका सहमतिका ७ बुँदाहरू निम्न छन्:

​१. भ्रष्टाचार विरुद्धको युवा आन्दोलनलाई स्वामित्व दिँदै सहिद र घाइते परिवारका माग सम्बोधन गर्ने।
​२. नीतिगत सुधार मार्फत १० वर्षभित्र नेपाललाई मध्यम आय भएको विकसित मुलुक बनाउने।
​३. पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिह्न ‘घण्टी’ र निलो झण्डा नै कायम राख्ने।
​४. रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने।
​५. योग्यता र क्षमताका आधारमा विज्ञ तथा युवा अभियन्ताहरूलाई पार्टीका विभिन्न पदमा समायोजन गर्ने।
​६. एकताका सम्पूर्ण निर्णय र दस्ताबेजहरू निर्वाचन आयोगमा आधिकारिक रूपमा अद्यावधिक गर्ने।
​७. परिवर्तनकारी र सुसंस्कृत राजनीति चाहने अन्य शक्ति तथा व्यक्तिहरूलाई एकतामा आउन आह्वान गर्ने।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बालेन र रास्वपाको ‘महामिलन’: बालुवाटारको यात्रामा बालेन, पार्टी कमान्डमा रवि

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.