रसुवा, पुस १३ गते । बाढीका कारण विगत ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। गत असारमा ल्हेन्देखोलाको बाढीले मितेरी पुल बगाएपछि ठप्प भएको यो नाका चीनतर्फ बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आज बिहान ७ बजेदेखि खुलेको हो।
नाका खुलेलगत्तै नेपाली ट्रक र चालकहरू सामान लिन केरुङतर्फ प्रस्थान गरेका छन्। लामो समयको अवरोधले गर्दा करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सानी भएको भन्सार कार्यालयले जनाएको छ। बाढीले सडक र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्याएको थियो।
चिनियाँ अधिकारीहरूसँगको समन्वयपछि नाका सुचारु भएसँगै सीमा क्षेत्रको व्यापारिक चहलपहल पुनः सुरु भएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 84














